विधार्थीहरुको नाटक मोह; कलेजमै रंगमंच सुरू | Mokshada Theatre

mokshada theatre Offline Thinker

विधार्थीहरुको नाटक मोह; कलेजमै रंगमंच सुरू | Mokshada Theatre

 

सेन्ट जेभियर्स कलेजमा फागुन १४ गतेदेखि १९ गतेसम्म मोक्षदा थिएटरको आयोजनामा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदैछ। इन्द्र बहादुर राईको कथामा आधारित नाटकलाई सुगम दुलालले नाट्य रूपान्तरण गरेका हुन्। यो नाटक हरेक दिन बिहान ११ बजेबाट मञ्चन हुँदैछ भने शुक्रबार र शनिबार साँझ ५ बजे पनि मञ्चन हुनेछ।

सेन्ट जेभियर्स कलेजको नाट्य समूह मोक्षदा थिएटरले अघिल्लो वर्ष जस्तै यस वर्ष पनि आफ्नो वार्षिक नाटक मञ्चन सुरु गरेको हो। समूहको पहिलो नाटक ‘अर्धाङ्गिनी’ ले अपार सफलता कमाएपछि कलाकारहरू निकै प्रोत्साहित भएका थिए।  ‘अर्धाङ्गिनी’ पछि उनीहरूले कलेजको प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रममा छोटा नाटकहरू प्रस्तुत गर्दै गए। अर्धाङ्गिनी थुप्रैका लागि पहिलो अनुभव भएता पनि अहिलेको समयसम्म आइपुग्दा आफूसँगै सम्पूर्ण कलाकारहरूमा जोस र जाँगर थपिएको दुलालले बताए।

‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ कथाले दोस्रो विश्व युद्धका बेला बर्मामा रहेका नेपालीहरूले ज्यान जोगाउन घरबार छोडी भाग्नु परेको व्यथा दर्साउँछ। यात्रामा हुने बिछोड र वियोगलाई नै कथाको केन्द्रबिन्दु मान्न सकिन्छ।  भावनात्मक तरिकाले निकै भरिभराउ यस कथाले अनेक पात्रहरूको संवेदनालाई छर्लङ्ग पार्छ। कलेजका विद्यार्थीहरूले यस स्तरको संवेदनशील कथा छनौट गर्नु आफैमा एउटा चुनौती हो।

 

मोक्षदाको सुरुवाती दिनहरूदेखि नै सशक्त संलग्नता जनाइरहेका रमल घलेलाई हामीले प्रश्न गरेका छौं :

तपाईंले आफ्नो समूहलाई हुर्कँदै गरेको देख्नु भएको छ। यो एक डेढ वर्षको समयमा आफ्नो समूहको केही सुधार भएको महसुस हुन्छ ? 

पक्कै भएको छ !! समयसँगै समूह झन् झन् बलियो बन्दै गएको छ । विगतमा कलाकारहरूको आत्मबल र विश्वास कम रहेको तर अहिले टोलीले आफैलाई र एक अर्कालाई निर्धक्क भई विश्वास गर्न सक्ने भएको छ।  यस पटकको नाटकमा सम्पूर्ण कलाकार साथै आयोजक साथीहरूले आफ्नो सत प्रतिशत दिएका छन्।  पहिले नाटक आउन लाग्दा डर लाग्थ्यो, अहिले डर कम र उत्साहित बढी छौ।

समूहमा रहेर विभिन्न नाटकहरूमा आफ्नो कुशल अभिनय पस्किसकेका विरेन श्रेष्ठलाई यस पटकको अनुभव निकै फरक रह्यो। उनलाई यसै प्रसङ्गमा प्रश्न गर्दा उनको जवाफ रहेको थियो :

 

यो नाटकमा अभिनय गर्नुको अनुभव अरू नाटकहरू भन्दा कसरी फरक रह्यो त ? 

यस पटक नाटकमा अभिनय गर्नु यस अर्थमा फरक छ कि यो नाटकले हरेक पात्रबाट भावनाको गहिराई माग्छ। दुखको महासागरमा चुर्लुम्म हाम फाल्नु पर्दाको समयलाई कल्पना गर्दै अभिनय गर्नुपर्दा आफैले आफैलाई अझ बढी नियाल्न थालेको अनुभव गर्दै छु।

त्यसतै यस नाटकमा ‘जयमाया’ अर्थात् प्रमुख भूमिका निभाउन लागेकी होहान्सा खडकालाई पनि हामीले प्रश्न गरेका छौं:

 

प्रमुख भूमिकामा हुनुहुन्छ। अलि धेरै चुनौती भए जस्तो लाग्छ ? 

भन्नै पर्दा यस नाटकमा हरेक पात्रको भूमिका नै प्रमुख भूमिका सरह छ। मलाई आफ्नो पात्रले मात्र भन्दा पनि सिङ्गो कथाको भारले चाहिँ चुनौती पस्किएको छ जस्तो लाग्छ।  र त्यो मलाई मात्र हैन सबैलाई त्यस्तै हुनुपर्छ।

मलाइ सुगम दाइले पहिलो पटक कथा पढेर सुनाउँदै गर्दा नै यति कठिन कथालाई कसरी अभिनयमा उतार्ने होला भनेर थुप्रै प्रश्न आएको थियो।  जयमायालाई न्याय दिनु आफैमा एउटा चुनौती थियो।  तर मलाइ लाग्छ चुनौती स्विकार्दै गयो भने नै हामी आफू भित्रका अनेक सम्भावना भेट्दै जान्छौ।  त्यसतै अनेक सम्भावनामा मैले आफूमा जयमायालाई भेट्टाए।

१२ जना कलाकारको अभिनय रहेको यस नाटकमा कृतिका ढुङ्गानाले पहिलो पटक अभिनय गर्न लागेकी हुन्। उनलाई यसै अनुभव बारे प्रश्न गर्दा उनले बताइन :

 

नाटक क्षेत्रमा पाइला चाल्दै हुनुहुन्छ ? कस्तो महसुस हुने रहेछ ? 

मलाई सानैदेखि नाटकमा रुचि थियो।  तर सायद फरक ठाउँमा हुर्किएको कारणले गर्दा कहिले पनि स्थान र सिक्ने मौका पाएकी थिइन्।  तर मोक्षदामा प्रवेश गर्ने बित्तिकै मैले दुवै स्थान र सिक्ने मौका पाएको महसुस गरे। दाइ दिदीहरूसित घुलमिल भएर मैले नाटक बाहेक पनि थुप्रै कुरा सिके जस्तो लाग्छ। आफूलाई हलुका बनाएर कसरी फरक ढङ्गबाट प्रस्तुत हुन् सकिन्छ भनेर सिक्दै छु। सिक्ने क्रम अझ जारी नै छ।  मैले यो नाटकलाई लामो यात्राको पहिलो कदमको रूपमा लिएकी छु।  कदमहरू बढाउँदै जानेछु।  मोक्षदाप्रति सधैँ आभारी रहने छु।

 

अन्त्यमा हामीले कथालाई नाटकीय आकार दिने सुगम दुलाललाई पनि एउटा प्रश्न सोध्यौ-

यहीं कथा किन छनौट गर्नुभयो ? 

जीवनलाई चरम बिन्दुसम्म पुर्‍याइएको यस कथाले जो कोहीलाई पगाल्न सक्छ जस्तो लाग्छ। बाध्यता र विवशताले सीमा नाघेपछि मात्र ‘जयमाया आफू मात्रै लिखापानी आइपुगिन’ बन्छ । त्यसैले मलाइ यो कथा एकदमै शक्तिशाली लाग्छ।  यो कथालाई नाटकीय अवतारमा उतार्दै जाँदा मैले कथाको मर्मलाई अझै उजागर गर्न पात्रहरूको पृष्ठभूमि र परिवेश निर्माण गर्दै सम्बन्धको प्रगाढतालाई जोड दिन खोजेको छु।  हेरौँ अब, कस्तो हुन्छ।

यो नाटकमा कृपा अर्याल, रौनक कार्की, मिरा तामाङ, सुसना गुरुङ, अमृत पौडेल, आदेश थापा र  विवेक बाराकोटीले पनि अभिनय गर्दै छन्।

A theatre Performance by Mokshada Theatre (Theatre and Drama Committee of SQC-UDAAN) 

Show A: February 26 at 11:00 am
Show B: February 27 at 11:00 am
Show C: February 28 at 11:00 am
Show D: February 29 at 11:00 am
Show E: March 1 at 11:00 am
Show F: March 1 at 5:00 pm
Show G: March 2 at 11:00 am
Show H: March 2 at 5:00 pm

Grab your tickets here:

https://docs.google.com/forms/d/e/1FAIpQLSe2gntTg1j1Vac10ZR_qcYBqFtIk2DvUypRNZme6riM-QeA2g/viewform

You can catch the real people behind the heart wrenching characters at @mokshada.theatre

 

Read More from Mokshada Theatre:

१३० वर्ष अघिको नेपाल दर्शाउने नाटक ‘अर्धाङ्गिनी’ | Ardhangini | Drama

 

Read More Nepali Poem:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *