Nepali Poem | मेरी आमा | Anushma Dhungel
मेरी आमा,
च्यातिएको धोती पहिरिएर पनि
रानीझैँ देखिन्छन्,
पसिनामा लतपतिदा पनि
अप्सराझैं देखिन्छिन्।
उनको आँखामा गाजल नहोला,
लाली फिक्का भएको होला ,
नाडीमा सुनको बाला नहोला,
हात ब्यवहारले बाधिएको होला,
तर मुस्कान निकै गाडा छ।
मनमा करुणाको भण्डार भए पनि,
अभिलाषा निकै सुष्म छ।
उनी सबैको मर्म बुज्छिन् ,
हिमालझैं अटल आँट बोकेर
सङ्घर्षमा पनि रमाउँछिन ।
उनको मर्म खै कसले बुझ्न सक्ला ?
आफ्नो सुख अरुको नाम गर्छिन,
तर खै कसले आफ्नो हाँसो
उनको नाम गर्न सक्ला?
उनको मुस्कानले
संसारको सबै प्रकाश फिक्का पार्छ,
उनको ममताले
ब्रह्माण्डलाई पनि पराजय गर्छ।
जीवनमा कसिएको डोरी ,
मनमा अल्झिएको धागो ,
उनी आफ्नो कोमलताले फुकाउँछिन ।
आफ्नो निस्वार्थपनले,
करुणाको ज्योति फैलाउँछिन् ।
आकांक्षाहरुको फुल फुलाउँछिन् ।
नयाँ उमङ्गको वर्षा गराउँछिन्।
Read More From Anushma Dhungel:
Read More Nepali Poem at Offline Thinker:
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com