Nepali Poem | रातो गुलाफ सुघेपछि… | Chachu

“ रातो गुलाफ सुघेपछि – – – “

Income Tax सहित
तिरेको रातो गुलाफ
Love You यार भनी
ओठहरु थर थराउदै
औँलाहरु कपाएर
उनलाई दिएको
रातो गुलाफ

त्यो रातो गुलाफ
जतन गरेर
लिदा लिदै
नजाने अनायास
एक नासले
सुघेकी थिइन्
त्यस रातो गुलाफलाई

गहिरो लामो
सास फेरेर
उनी जड भइन्

सायद हुन सक्छ
पुतली बनी उडेको
झुसिल किराको झुसले

भमराले सहवास
गर्दा गर्दै
बिथोलिएर छाडेको
तरल पदार्थले

रानो माहुरीको
रजसोला हुदा
लागेको रगतको टाटोले

लुकि छुपी
ल्याउदा बाफिएर
बनेको बाफ

सितको थोपाले

अथवा

बिजोडी दुवोले
दिएको श्राप
जस्ले गर्दा त्यस
रातो गुलाफमा
एक अतृप्त
आत्माको छाया

अब त
Pink पर्दा
नउघ्रेको पनि
युग भयो

असरल्ल
सिरक तन्ना
यत्र तत्र
अनेत्र फ्याकिएको
Parpal Painty, Bra
Dead Locked
झाक्रा फिजारेको कपाल

मौन मौन
चुप चाप
फूल गुलाफ का
खिल्ते हे फूल यहाँ
फूल तुम्हे भेजा हे खत मे
पर लैजाउ फूलहरू
बस् मन मनै
जोड जोडले
गुन गुनाउदी हो

फिक्का फिक्का
रूप रंग
अनेक सोच
रंगिन सपनाहर
धाजा फाटेका ओठ
अमिलो मयलको गन्ध
अनिदो खुला आँखाहरू

चार भित्तामा
जिवन
दर्शन
साहित्य
आध्यात्म देख्दी हो

या फेरी

सिलिङमा पासो लगाई
बार बार
पटक पटक
असफल आत्म हत्या प्रयास

अत्यास लाग्दछ
आफैलाई उनको
पारा देखेर
कहिले काही
दिमाग सड्किन्छ

अनि

गिजल्न थाल्छु कल्पनामा
उनको अंग अंग
अन्धा धुन्ध
निमोठ नामठ
चिथर चाथर
चाट् चुट

तर

फेरी झस्कन्छु
र उनको
एकान्तता एक्लोपनलाई
जस्ता तस्तै
थपक्क छाडेर

यसो सोची रहन्छु
हाम्रो प्रेमलाई
बिकाउ बजार
अनि
कृत्रिम वास्नाले ।

-Nepali Poem by Chachu

 

 

 

 

 

Read More Nepali Poem:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *