जताततै उज्यालो छ रे त्यो सहरमा थाहा छैन आज म कहाँ छु यो अन्जान सहरमा ,एक्लै यस बन्द कोठाको आन्धकारमा रमाउन थाल्या छु मुखले मात्र म छु भनी ठिक्क पार्ने सङ टाढा बस्न लाग्या छु
सबै साथमै छन ;मेरी प्रिये आमा,मेरा हिम्मत मेरा बा,हौसला दिने दिदी,साथ दिने भाइ
तरपनि एक्लोपन महसुस हुन्छ लाग्छ कि मेरो मात्रै कोहि होस यो जीवमा
एकैपल लाग्छ सबै मेरा आफ्नै हुन,तर आफैले सोच्छु के म पनि कसैको हु???जति प्रश्न बढदै छ यो मस्तिष्कमा कास कोहि हुन्थ्यो मलाई आफ्नो काखमा राखी भन्थ्यो,”म छु नि” फ़ेरि म आफैले आफैलाइ सम्झाउदै भन्छु म एक्लै रमाउने ले कसरी अरुलाइ खुशी पार्न सक्छु
रावनका दस शिर भन्दा बढी त एकै मन्छेका चेहेरा छन् ,बिश्वास गर्नै खोज्छु अनी औकात देखाएर जान्छन …….
मनका मेरा इच्छा,आकङछ्या शब्दमा पोख्न जनिन होला
मेरा मौनता बुझ्ने कोइ भैदिए कस्तो हुन्थियो होला
प्रिय तिम्रो समाधान बन्न नसके समस्या नि बढाउन चाहिन,
बिस्तारै टाढीदै छु सबैसँग, नजिकिएर कसैको मन दुखाउनु छैन…..एक्लै बन्द कोठामा रमाउँदै गर्दा कुन रात अन्त्य हुनेछ पत्तै छैन
-Words by Salina Dahal
Read More From Sudarshan Poudel:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

