पछाडी फर्केर त
पराईले पनि हेर्छन् घरीघरी
तिमी पर्खिने गरी आउनु
याद कसै न कसै जसको पनि गरिन्छ
खोजी गर्ने गरी आउनु
तिमी सेतो रङ् बोकेर आउनु
शान्तिबाट शक्तिसम्मको रङ् भरौँला
विश्वासबाट भक्ति सम्मको यात्रा गरौँला
मन उडाई लग्ने बतास बनेर हैन
मन चुडाइलग्ने ति आस बनेर हैन
मन मनमा थमाउने साहस बनेर आउनु
तिमी आउनु
तिमीलाई नै लिएर आउनु
प्रिय वसन्त
तिमी आउनु
जसलाई सजाउन सजावटको जरुरी नहोस्
जसलाई बुझाउन वाणीको जरुरत नहोस्
त्यस्तो वाण बनेर आउनु
म दृढ निशाना बनिरहनेछु ।
Read More Poem by Aanchal Adhikari:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments