मानवीय जीवन | कविता | Aanchal Adhikari | काव्यकुञ्ज कविता प्रतियोगिता

गुलाफ फुल काँडै काडाँको बीचमा फुल्छ र पो सुन्दर देखिन्छ
मानिस जब दुख र सङ्घर्षबाट उक्लिन्छ तब अकलदार बन्दछ
सबै खोज्छन् मगमगाउने पुष्प मात्रै आफू त्यस्तै सुन्दर बन्न खोज
बनाउन खोजे आफैलाई किरण माली जस्तै उज्यालो र छर्न खोज प्रकाश

निष्ठुर बन्यौ भने गन्दैनन् तिमीलाई कदापी यहाँ
निष्ठा बनी काम गर्यौ भनेआफ्नो नाम चिनाउन सक्छौ जहा तहाँ
मदमत्त नबन तिमी मदत्ती बन,मनोव्यथा सह बरू तर मनोहर बन
शीर्षक राख्न सक आफ्नो जीवनको अनि निष्कर्ष पनि

बााँच्नको लागि गर्ने हैन,गर्नको  लागि बाँच्नुपर्छ
एकदिन खरानी बनिजाने जीवनमा,सबैको माया साच्नुपर्छ
प्रणाली जीवनको भाग्य,सयुोग्य र आनन्द
दुख ,सुख सङ्घर्ष नै हो मानवीय जीवनको सगुन्ध

उद्धेश्य राम्रो लिन जान्नुपर्छ
दियो झैँ जीवन चम्काउनुपर्छ
मानविय जीवन अत्यन्त बहुमुल्य छ नि
यस्तो बनाउ आफ्नो जीवन जहाँ पाउन सकुन प्रेरणा भनि

-Aanchal Adhikari

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *