सोची टोलाउँछु | Aanchal Adhikari | Poem | Offline Thinker

Aanchal Adhikari

हर्षित भइ भविष्यतर्फ उन्मुख भइरहेको मन थरथर काँप्यो

जब सुने म जस्ता हजारौँ दौतरीलाई कोरोनाले चाप्यो

 

अनुपम उपहार यो जीवन लाखौँको खायो

सुमधुर चलिरहेको यो संसारमा कस्तो विपत्ति छायो

 

मूल्यवान जीवनको मूल्य बुझ्दैछु झन भन्दा झन्

प्रतिभा जस्ता प्रतिभाशाली दौँतरी गुम्दा विच्चलित छ मन

 

लाखौँ अस्पतालमा सासको आशामा छट्पटिरहेछन्

साहसी हुन खोज्छु तर यही भयावह स्थितिमा रूमलिरहेछ तन

 

पुस्तकका पानाहरू पल्टाउँदै गर्दा कत्ति पनि ध्यान जाँदैन

सोची टोलाउँछु कतै यो बहुमूल्य जीवन कोरोनाले त खाँदैन

 

भविष्यको सपना सजाइ चित्र सुन्दर कोरी छ रङ्गाइ रमाउने रहर

उषासँगको खुसी लुटी निशासँग रमाउ भन्न आयो कोरोना कहर

 

कोरोनाको चरित्रबारे कापीमा कलमले उल्लेख गर्न त मन थिएन

फर्की आयो हामीमा फेरी उमङ्गको सास नै फेर्न दिएन।

 

-आँचल अधिकारी (लिभरपूल माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छिन्।)

 

Read More From Aanchal Adhikari:

यो २०२० साल | कविता | आँचल अधिकारी

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *