टोल टोलमा लाग्यो आगो
सुनी खबर उनी बिध्वा भाको
दन्कियो आगो, उसको शरिरमा लागेको
त्यो खबर सुनी, कान्छो छोरो घर छाडी भाग्यो
सोच्यो जान्छु मुग्लान भनी,
आफ्नै बाटो लाग्यो
दन्कियो फेरी आगो तातो
उसको श्रिमतीको सातो सेलाको
सुनिन जब खबर उनले
छोरीले घर थम्याको,
दन्किरहेको आगोमा गलेको लास स्वाहा भो
सपना देख्छिन् दिनरात उनी
छोरो घर फर्की आको
छोरी अझै माइतमै, पोइले हात समात्यो
भन्यो ” घर फर्काउन म आको”
“न आको भए हुन्थ्यो भनी” छोरीले पाउ समाको उसको
भित्र आमा एक्लै छिन, म साथ दिन आको
एकछिन भित्र झाकी “उ क्या रिसाको”
भन्छ कथा उसको घरको, गोठ हुन लाग्यो,
भाग्यो छोरो पनि परदेश भनी
उ उतै हराईगयो
“अब जे भयो, भयो, त फर्की जा” भनी आमाले कराको
त्यति भनेर उनी भित्र रुदै गाको,
त्यो दृश्य देखी, छोरी आगो भईन,
भित्र गईन, खोले बसाइन, बाहिर आई
बूढाको सातो खाईन
उनी पौरखी नारी, मायाकी खानी
भाइ घर नफर्के सम्म उनी कतै नजाने भनिन,
सुनी जवाफ उनका श्रीमान् अलमलमा परे,
पछाडि सरी, सरासर गोठको बाटो, आफ्नो घर लागे
तीन साल बित्यो, फर्कियो छोरो
“मेरो काले मोरो आयो भनी सुन्दा”
छोरो धुरुधुरु रोयो, बल्ल आयो होस उनको
बर्सौको माया फर्केर आउदा, उनमा नया आभास छायो
लाग्यो छोरीलाई घर छोडी जाने दिन आयो
अन्त्यमा घरमा खुशीयाली छायो।
-Saujan Dhakal