भन्दै थिन् उनी,
ऊ थियो नि मेरो साथ सधै,
मेरो सास बन्दै, मेरो बात गर्दै
अहिले त केबल यहाँ कल्पना,
वास्तविकता सबै मेरा बैरी भए,
यहाँ तनको भन्दा बढी मनको मजाक
विश्वास भन्दा बढी घातक जवाफ,
मलाई हेर्ने नजर नै गलत
भेडा भन्दै स्यालहरु सबै र्याल काट्दै
बिस्तारै सल्काउदै, हेर बिस्तारै भत्काउदै
मेरो दुनियाँ अन्त्यमा लत्याउदै,
लुट्दै छन् हेर मलाई स्पर्शमै
यहाँ सस्तो त खुट्टा अरे, जुत्ता सार्है महँगो भए”
तर,
उनी आज खुशी छिन्
सबै कुरा भुलेछिन्
यो मस्तिष्कहिन समाजले दशतिरबाट छेडेको
उसको मानसिक स्तिथिले आज ब्युझिछिन्
अब छरपस्ट सबै पानालाई समेटछिन्
उनी उत्तरको खोजीमा दश दुनियाँ डुल्छिन्
कतै खुशीको खोज, कतै नमीठो बोझ,
कतै मीठो भोजको सपनाको शंकाले
उसको जीवन चङ्गा बनाइदिएकोमा
आज उनी मख्ख छिन्,
आज शंकाले हैन,
उनको अनुहारमा मीठो मुस्कानले बाच्दै छिन्
उनी आज उज्यालो संसारमा एक्लै बिलिप्त हुन नदिन
बोल्दैछिन्
उसको लाजको लालीमा आज चमक देखिन्छ
उनको दुनियामा आज हेर रौनक छ
उनी बिगतलाई बिर्सी लागेका रिन सबै तिर्छिन्
उनी अब खुशीले जिउँछिन्,
भन्ने आसले खोसेका उनका हिजोका गासलाई परैबाट केलाउछिन्,
खेलाउछिन् मनमा नयाँ सपना,
त्यो आजको विपनामा उनी निकै नै सुखी छिन्
उनी लुटिएकी नारी हैन, आजाद चरी छिन्
पिँजडाबाट मुक्त छिन्
सासलाई समेटदैछिन्,
यो सामाजिक पीडाबाट मुक्त भाको दिन
उनी सुरिलो स्वरमा चिच्याउदैछिन्,
उनी कति खुशी छिन्।
– Saujan Dhakal