म तिमीलाई बचाउन आउने छु
हो कुमारी, तिमीलाई बचाउन।
तिमी स्वच्छ कल-कल बग्ने झरना
अनि म पानीको स्पर्समा हराउने भमरा
तिमी क्षितिज र गगन चुम्ने रंगिन चरी
अनि म आन्धेरीमा रम्ने चन्द्रमा
तिमी लहरामा बेरिएकी पबित्र पात
म चै झार-पात ।
तिमी लोलऐकी मखमली माला
अनि म माली
म तिमीलाई छुन्न, तिमी ढुक्क हुनु
म तिमीलाई बोलाउदिन
तर तिमी अवाज सुन्नु
म खोज्ने छु तिमीलाई हर दिन
तिमी घाम बनी डुल्नु।
तिमी मेरी बहिनी
अनि म तिम्रो प्यरो दाइ
हो बहिनी, म आउने छु,
पिंजडाको चरी सरी म गीत गाउँने छु।
तिमी म मा हराउन नसके नि
म आफूमा तिमीलाई पाउने छु ।
तिमी सप्तरंगी इन्द्रेणी
म इन्द्रेणी माथिको आकाश
तिमी स्वर्गकी आप्सरा
म तिम्रो प्रकाश।
Read more from Nepali Poem Saujan Dhakal:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments