‘नारी’ शब्द कति भारी तर अहिले उनी आधा छिन्
उनको फुर्सद मात्र आधा दिन ,
उनलाई थाहा छ जिम्मेवारीको रंग रातो हुन्छ
तर पनि उनी अझै सादा छिन्
त्यो गाँजलले उनको लाजको वस्त्र खोली ती लालीले उनलाई लम्पसार बनाउँदा
मान्छेकै माझमा पनि उनलाई आफ्नै शरीर चिहान भित्रको लास सरि गनाउँदा
उनी त्यसको आँखा अगाडी नांगै छिन्, शरीर पुरै ढाक्ने कपड़ा लगाउँदा
उनको नजरमा म एक वेशिया जब पसिनाले उनको कुमारित्व दिन रात उनकै शरिरबाट बगाउँदा
हिजो विस्वासले अश्मिता माग्यो
आशासंगै आस्था भाग्यो
हो उनी मूर्ख हो , मान्छेले आत्मा बेच्छन्
उनले त केवल चुलो बाल्नका लागि आफ्नो अस्तित्व साट्यो ,
सायद
आशाले उनलाई तृष्णा देखाए
विधाताले उनलाई इज्जतको अर्थ आचरण भनि लेखाए
खोजले उनलाई अस्तित्व र आवश्यकताको गलत अर्थ सिकाए
मानसिक बोझले उनलाई शारिरिक सम्झौतासंग बिकाए
मेरो प्रश्न “बाध्यतालाई वेश्या भन्न तँलाई कसले सिकाए?”
समय दाग हो, छाप छोड्दै जान्छ
स्पर्श नमिठो माग हो, रोग बढ्दै जान्छ
जवानी त राग हो , सौख मर्दै जान्छ
हवस् त एउटा आग हो थाहा छ बिस्तारै खरानी बन्दै जान्छ।
त्यो बिस्तारालाई गएर उनको नाम सोध
त्यो ऐनालाई गएर उनको काम सोध
ती भित्ताभित्र उनी कति असुरक्षित छिन्
भित्ता बाहिर गएर उनको दाम सोध
आखिर किन बेचिन त उनले आफ्नै शरीर ?
उनलाई नसोधी यो प्रस्नको उत्तर त आफै खोज
मलाई सोधिस् भने मेरो जवाफ एउटै हुने छ – त्यसको कारण त आफै होस्,
थाहा छ, समयले उनको मोल घटाउछ
ती निराश आँखाले उनको भोक बताउछ
उनको छाला अझै जिउदै छन् है बिन्ती नभत्काइदिनु उनका सपना, भत्केको उनको घर अब उ बाहेक अरु कसले आएर सजाउँछ ?
उनलाई थाहा छ श्रृंगारले अब उनलाई पहिले झै सजाउन सक्दैन्
बाहिर हाँसो त्यो एकान्तको आँसु , उनको संसार मरुभूमि, मन भित्रभित्रै समाउदै छ पासो
बिगत छ्याल्ब्याल छ उनी भने एक्लै बग्न तयार छिन्
सम्झौताको रिण भारी छ तर उनी आज ब्याज समेत तिर्न तयार छिन्
अदृश्य काल एउटै उस्तै साल संसारिक मायाजालभित्र छिर्न उनी तयार थिइन
परिक्षा नलिनु दैव तैले उनीसंग अब
तेरो आँखामा आँखा जुदाउन उनी सदैव सक्षम थिन् ।
अफ्सोस ,
भाग्य के हो अनि कर्म के?
मर्म के हो अनि शर्म के ?
गर्व के हो अनि गर्भ के ?
मर्यादा के हो अनि कर्तव्य के ?
आस्था के हो अनि आस्तिक के ?
सास्ती के हो अनि नास्तिक के ?
भोक के हो अनि भोजन के ?
बोझ के हो अनि वरदान के ?
हासो के हो अनि आँसु के ?
सोख के हो अनि सम्झौता के?
सोच के हो अनि समय के ?
आत्मा के हो अनि अन्धविश्वास के ?
जीवन के हो अनि मृत्यु के ?
उनलाई सबै कुरा थाहा छ ,
तर पनि उनी मौन छिन्
त्यसैले
मेरो नजरमा उनी वेश्या हैन ,
समाजको ऐना हो
उनले बेचेको मात्र उनको शरीर हैन,उनको समस्या हो
पल्टा उनको रहस्यमय किताब भित्रको त्यो वास्तविकता
देख्ने छस् तैले कुनै पनि पाना खाली छैनन्
उनको कथा अनि ती बेदना झुठा हैनन्
म कलम चलाउन छोडिदिन्छु यदि उनले स्वीकार छिन्
उनलाई वेश्या उपनाम दिने समाज हैन ,
यसमा समाजको कुनै गल्ती छैन्।
Read: धारा | Nepali Poem | Saujan Dhakal
Also Read: स्वर्गकी आप्सरा | Nepali Poem | Saujan Dhakal
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com