मेरो देश र म | Nepali Poem | Saujan Dhakal

ए देश, मेरो देश
त बोल्दैनस् किन?
खोल्दैनस् किन तेरा मनका कुरा
तँ भन्न डराउछस्
आफ्नै भावनाका कुरा
बिलिन हुन्छन् या
नबोली बस्दा
यस्ता कुरा त
बुझ्दैनस् किन?
तँलाई जिउनु छ
तँ, बाँच्न सिक्
तँलाई केही भन्न छ
त भुक्न सिक्
तेरो झुकाइमा
तेरो हार देखिन्छ
तेरो भुकाइमा
तैरै जित प्रस्ट छ
मात्र त बोलिदे
भोलि बारे नसोची
तेरा मनका कुरा खोलिदे।

 

म पिँजडाको चरी हैन
आजाद पंक्षी हुँ
म हाराएको आवाज हैन
गुन्जिने जहाज हुँ
म शिथिल शरिर हैन
शान्त बगर हुँ
म कसैको घर हैन
आफ्नै भरमा छु ।
म लथालिंग समाज हैन
आफ्नै शहरमा छु
साथी, म तिम्रो नजिक छु
ए निन्द्रा कस्तो हो यो निन्दा
एकछिन आउँछ,
एकछिनमै बिलाउँछ
म भन्छु, मलाई चल्न दे
चलचित्र झै मलाई फल्न दे
म घुमन्तेझै घुम्न चाहन्छु
बस्ती छोडी उड्न चाहन्छु
भुल्न चाहन्छु म चौतारीमा
झुल्न चाहन्छु नभौतारिकन
साँच्चै, यो निन्दा कस्तो होला
आफ्नै घरमा डेरा सरे झै
आफ्नै तालमा घेरा राखे झै।

जिन्दगी यस्तै छ साथी
जिउन आफै सिक्नुपर्छ
हिड्न, कुद्न, लड्न
भन्दा पनि जिन्दगीलाई
मज्जाले पिउन सिक्नुपर्छ
हाँस आफू, हसाउ अरुलाई
बाँच आफू, जिउन सिकाउ अरूलाई
तिमी फूल भए, म बास्ना
तिमी बस्ती भए
म स्थानीय बासिन्दा
तिमी सरल भए
म स्वभाव
तिमी साधना भए
म साधक ।

-Saujan Dhakal

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author
Hello there! I am sauzan dhakal(22, itahari-सुनसरी) but currently I am in Portugal. Interests- poetry, music and travelling. I am a startup rapper cause I love playing with words 😂🎶

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *