बैसाखी र म | Nepali Poem | Saujan Dhakal

म लडे, हैन मलाई लडायो
मेरो दाहिने खुट्टा उसले भचायो
म भुइमा छटपट गर्दै कराए
मान्छे आए अनि मलाई उठाई अस्पतालमा पुर्याए
मसँग आहारा भए पनि सहारा हरायो
दुई चार दिन म छटपटाए अनि
मेरो सहारा बनी बैसाखी आयो
कति दरिलो त्यो छडी जस्तै
जता जान खोज्यो मलाई उतै पुर्‍यायो
कहिले कच्ची सडक त
कहिले उकाली ओराली कुदायो
सास गले पनि,हिड्दा शिर ढले पनि
म एक्लै छैन भन्ने आभास दिलायो
बैसाखीको साथ, मेरा पाइला पुरा हुन्थे
निको कहिले हुन्छ मेरो खुट्टा
अनि म पहिले झै कुद्न पाउछु भन्दै
कल्पनामा म एक्लै रुन्थे
म बिरामी हैन तर मेरो खुट्टा कमजोर
हिड्न नसक्ने, बिना सहारा म मद्होसीमै मौन
सायद कमजोर थियो मेरो सोच
बैसाखीकै सहारामा कान्ला हुँदै पुग्थेँ म चोक
मेरो बैसाखी, मेरो एक मात्र सम्पत्ति
उभिन नसक्दाको मेरो प्यारो दम्पती
म अझै सम्झन्छु उसको साथ
यही कारण म माया गर्छु, सास बिनाको चिजलाई पनि।

यादहरु त्यस्तै हुन् भावनामा भुल्छन्
तिमी वास्तवमा जिउन सिक
आफूलाई जिवित पाउछौ
तिमी खट्न सिक, उड्न सिक्छौ
तिमी डट्न सिक, जित्न सक्छौ
तिमी हिजोलाई बिर्स, आज बाच्न सिक्छौ
तिमी आजलाई चिन
हास्न सिक्छौँ
तिमी भोलि नहेर, त्यो माया हो
कहिल्यै नदेखिने कतै दुरको त्यो
एकछिने छाँया हो
त्यसैले तिमी बाच्न सिक
आफूलाई आजमै जिवित पाउछौ।

-Saujan Dhakal

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author
Hello there! I am sauzan dhakal(22, itahari-सुनसरी) but currently I am in Portugal. Interests- poetry, music and travelling. I am a startup rapper cause I love playing with words 😂🎶

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *