मदन र मुना | Nepali Poem | Saujan Dhakal

मदन: ए मेरी मुना नरुनु तिमी टाढा नै भएमा
ऐनामा हेरी पिरोलिन्ने तिमी नबस दोधारमा
म छु है टाढा भन्छन् है लास्सा, समझिदै भुमि म
आउछु कि होला, म आगुम शाल पिरोल्छ मन या
सस्तो सास फेर्दै, काम गर्छु म नि साँझसँग सबेर
सम्झन्छु कति घर गोठ म नि, पिर नमान्नु तिमी त
आमालाई सम्झदा भक्कानो फुट्छ कति हो कराउने
बिरलै गोठमा गाई बस्तु थुनी, मलाई नै सम्झि बस्ती हुन उनी दिन रात नभनी।

मुना : ए मेरा राजा, कालले बाजा बजाई आएमा,
बाँचुला म पनि के छ र सम्पत्ति, तिमी नै दम्पती
फर्की आउ तिमी यही साल हेर जसरी भए नि
आमा छिन पिरमा, दिनहुँ रुनछिन् सम्झेर तिमैलाई
तिमी छौ पारी, मुग्लान भन्छौ, बस्दैछौ कसरी
सासै छ बाँकी, सास मात्रै साक्षी राखेर बसेकी
तिमी नै सम्झी दिन जान्छ मेरो नि पराणै नथामी
जे होला खाउला, जस्तो छ लाउला
सँगै नै मरौँला, तिमी नआए पिरैले जान्छु
आउ फर्की बिरानी।

मदन: जिन्दगी सारो, बाच्नलाई गाह्रो हुँदो हो तिम्रो नि
साग भात खान चाहिन्छ धन के गरु म पनि
थिएन मन फर्केर आउन, धनै पो कमाउन
लाउनलाई बुचो, बोल्दामा छुच्चो धन रैछ पराई
पोल्दछ छाती, बिहान-साझ-राती मेरो नि किन हो
घरको बार घेरो, लाउनलाई मेरो परिश्रम त्यतिनै
जोड्छु हात, ठेगेदारका माझ, मजदुर म यतिकै
फेर्नलाई सास, जोड्नलाई गाँस काम गर्छु म पनि।

मुना: धन भए पराई, चाहिन्न मलाई यतिकै ठीक छ
ढिडो भात खाउला, मरेरै जाउला सँगसँगै बरु नि
ए मेरो मदन, मुखमा माड लाउनलाई हेर, चाहिन्न सुन नै
नदेखी तिम्लाई रुच्दैन खाना, आमाले भन्दै थिन
सुन है मदन, सामाजिक दबाब, सन्तुलित मन छैन
तिमी छौ टाढा, बुझ्दैनौ माया, बोलाउ म कसरी
मन छैन भन्न मिल्दैन बोल्न सुन्छौ के आवाज
फर्की आउ छिटै, पैंसाको बोटलाई मिल्काईदेउ उतैनै।

मदन: मन छ है मलाई, तिमीलाई सजाई बेहुली बनाउन
शिरैमा शिरफूल, कानैमा बुलाकी किन्दिउला म पनि
हरियो साडी, केही न छाडी सजिउली तिमी नि
मलाई मन छैन, गरिब भनी सुन्न, मन खान्छ कट्कै
आमाको माया, लाग्दछ सारो कसलाई सुनाउ म
उनको भागको, बेचेको बारी मन छ है फर्काउन
मलाई थाहा छ, भन्दी हुन उनी, म सानै भए नि
साग सिस्नु खाने, उनको बानी सुधार्छु म पनि ।

-Saujan Dhakal

 

Image by StockSnap

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author
Hello there! I am sauzan dhakal(22, itahari-सुनसरी) but currently I am in Portugal. Interests- poetry, music and travelling. I am a startup rapper cause I love playing with words 😂🎶

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *