कति भारी शब्द छ “आमा”
संसार भन्दा भारी
उनले मलाई सास दिन
अंगालोमा बास दिन
उज्यालोको आश दिन
मलाई जीवनदान दिन
नौ महिना कोखमा राखी
जिन्दगीभरलाई साथ दिन
घामको राप आफू लिई
शितल छायाँ मलाई दिईन
भोको पेट आफू बसी
गास मेरा भरिदिन्थिन
आफ्ना पीडा घाममा सुकाई
मलाई मुस्कान छरिदिन्छिन
मलाई याद छ
मेरो जीतमा हाँसी दिन्छिन
म मात्र सास फेर्नुपर्छ
जीन्दगी उनले बाचिदिन्छिन
म आभारी छु, तिम्रो मायाको
प्रार्थना छ, भगवान तिम्रो दाया हुन
भावना तिम्रा अमर छन्
अनि तिमी भावना भन्दा गाढा छौँ
तिमी मायाकी खानी
मैलै कति जानी नजानी दिएका घाउमा
तिमीले अदृश्य आशुका मलम लगाई
मेरा कमजोरी, मेरा डर
तिमीले यतिकै भगाई दिदा
म तिम्रो प्राण हो भनी
तिम्रा निर्दोष मुस्कानले मलाई छहारी दिदा
कति उज्यालो हुन्छ उनको मुहार
मैले आमा भनी बोलाई दिदा
मलाई हेरे झै गरी
मेरो बाल्यकाल, मेरै सामुन्ने बिलौने गर्छ
तिमी हाँस्दा, मुनालको हाँसो फिक्का
तिमी बोल्दा, मैनाको आवाज खिच्चा
तिमी हिड्दा, संसारको झंकार बिक्छ
तिमी रुँदा, लाग्छ आकाशले धर्ती थिच्छ
तिमी कमलको फूल, कमलो मन भएकी
तिमी अप्सरा, स्वर्ग छोडी पृथ्वी गएकी
तिमी हावामा बग्ने माया, ममताकी खानी
स्वच्छ व्यवहार, शुद्ध आनीबानी भएकी,
सक्ने भए,
तारा हैन तिम्रो लागि जून झारीदिन्थे
सुमुन्द्र तिम्रो अगाडि सानो,
म पवित्र नदी बनी बगिदिन्थे
तिम्रो नाउँमा हरियाली बसन्त रीतु पठाईदिन्थे
खुसियालीका राको सल्काइदिन्थे
तिम्रो निम्ति संसार बनिदिन्थे, आमा।
-Saujan Dhakal