आवश्यक देख्दिन मेरो नयाँ कविताको | Nepali Poem | Prabhat Paudyal #2
सम्बन्ध टुटेका गीतहरु
बिर्सिएका रितहरू
आफ्ना गुमाएका जीतहरु
रातो रङ्गका सितहरु
बटुलेर
घाम नलागेको एक बिहानमा
बसेर बुद्धको चिहानमा
हिट्लरहरूको मनमनी हेरेर
सरकारको आनकानी गरेर
लेखिरहेछ समय
मान्छे मरेको कविता
दु:ख परेको कविता
चैन हरएको कविता
जीवन डराएको कविता
त्यसैले आवश्यक देख्दिन मेरो नयाँ कविताको
जसले देश बोल्ने छ
भेष बोल्ने छ
माया बसाउने छ
प्रित रसाउने छ
खुशी हुने छ मनहरु
शान्त हुने छ जीवनहरु
जब सम्म
लेखिरहन्छन् समय
मान्छे मरेको कविता
दु:ख परेको कविता
चैन हरएको कविता
जीवन डराएको कविता
Read More From Prabhat Poudyal:
Submit your writing HERE
Social Media: Facebook, Instagram and Twitter
Readers also read:
Facebook Comments

