Nepali Poem | अहिलेको प्रेम -अहिलेकै कविता | Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal

Nepali Poem | अहिलेको प्रेम -अहिलेकै कविता | Prabhat Paudyal

त्यो कविता नि के कविता
जस्मा प्रेमको झालक नहोस्
त्यो प्रेम नि के प्रेम
जस्मा कविताको तलप नहोस

त्यो कविता नि के कविता
जुन उस्को नाम बिनाको
त्यो प्रेम नि के प्रेम
जुन कुनै काम बिनाको

त्यो कविता नि के कविता
दुनियाँको फिरियाद नहोस
त्यो प्रेम नि के प्रेम
हरपल उनको याद नहोस

त्यो कविता नि के कविता
कुनै “latest trend” बिनाको
त्यो प्रेम नि के प्रेम
“we are just friend” बिनाको

त्यो कविता नि के कविता

जस्ले न पिरोस् रातमा
त्यो प्रेम नि के प्रेम
जुन एकतर्फी नहोस् सुरुवातमात्यो कविता नि के कविता
जस्ले मन नछोओस
त्यो प्रेम नि के प्रेम
जस्मा आँखा नरोओस

त्यो कविता नि के कविता
देखियोस हतारको
त्यो प्रेम नि के प्रेम
बिना active status को इन्तजारको

त्यो कविता नि के कविता
कसैलेको मन न घोचोस्
त्यो प्रेम नि के प्रेम
seen देखेर नसोचोस्

त्यो कविता नि के कविता
जस्ले कोहि empress नगरोस्
त्यो प्रेम नि के प्रेम
messenger refresh नगरोस्त्यो कविता नि के कविता
कसैको लागि खास नहोस्
त्यो प्रेम नि के प्रेम
message आउने आस नहोस्

त्यो कविता नि के कविता
जुन चुप भन्यो रोकिने
त्यो प्रेम नि के प्रेम
एक दिन भेट्यो सकियो

त्यो कविता नि के कविता
परिवर्तनको जोश नहोस्
त्यो प्रेम नि के प्रेम
हराएको होस नहोस्

त्यो कविता नि के कविता
जस्मा उनको आहा नहोस्
त्यो प्रेम नि के प्रेम
देखेर दुनियाँलाई डाहा नहोस्त्यो कविता नि के कविता
दु:ख न बिसाउने
त्यो प्रेम नि के प्रेम
जस्मा कोहि नरिसाउने

त्यो कविता नि के कविता
दुनियाँको छवि नहोस्
त्यो प्रेम नि के प्रेम
प्रेमी जस्मा कवि नहोस्

Read More Nepali Poem at Prabhat Paudyal : 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *