Nepali Poem | को हो कवि? | Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal

कसरी भनौं खै को हो कवि
आकाश हो कि या हो उ रवि
के भनौं खै उसको बारेमा
ऊ ऐना हो या हो एक छवि

विछोड होकि साथ हो
प्रभात हो या रात हो
खै मिलनको त्यो बात हो
या छुट्न लग्या त्यो हात हो
के भनौं खै उसको बारेमा
ऊ घाम हो कि वर्षात हो

हार भित्रको जित ऊ
घृणा भित्रको पृत ऊ
बिहानीको शीत ऊ
अनौठो एक रित ऊ
के भनौं खै उसको बारेमा
आफै शब्द, आफै संगीत ऊ

कसरी भनौं खै को हो कवि
आकाश हो कि या हो ऊ रवि
के भनौं खै उसको बारेमा
उ ऐना हो या हो एक छवि

 

__________________________

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *