भिम्सेन स्तम्भ | Nepali Poem by Prabhat
धेरै पछि आफ्नो कोहि भेटिए जस्तो
वर्षौ पछी प्यास मेटिए जस्तो
मनसँग मन जोडौँ-जोडौं जस्तो
पखेटा खोलेर उडौँ-उडौँ जस्तो
जुन दिन भेटेको थियौँ हामी
हाँस खेल र हल्ली चल्लीमा
काठमाडौंको त्यो गल्लीमा
जहाँ थिए मेरा मन जस्तै
भत्केर पनि ढल्न नसकेका
मन भएर नि चल्न नसकेका
आफ्नै शरीरको भारले थिचिएका
मानिसहरुको भिडमा मिचिएका
मन्दिरहरु
जुन दिन
घाम लागेर पनि लाग्न सकेको थिएन
माया जागेर पनि जाग्न सकेको थिएन
तर
आश छ हामी फेरि भेट्ने छौँ
मनको प्यास पकै मेट्ने छौँ
त्यो दिन म बोल्न डराउने छैन
आफै भित्र म हराउने छैन
त्यो दिन यसरी बोल्ने छु कि,
मनमा पक्कै शान्ति आउने छ
नयाँ लहर नयाँ क्रान्ति आउने छ
त्यो दिन शहरमा घाम लाग्ने छ
सब मनलाई आराम लाग्ने छ
फेरि पनि हाँस् खेल र हल्ली चल्लीमा
काठमाडौंको त्यही पुरानो गल्लीमा
र घुम्न जानूु छ त्यो ठाउँ जहाँ
घण्टाघरको आवाज सुनेर
फेरि उठ्ने सपना बुनेर
छेउको धरहरा नि हेर्न नसक्ने गरी
एउटा जिउँदो लास सरी
लडिरहेका छ भिम्सेन स्तम्भ ।
Photo by Anna Shvets
https://offlinethinker.com/nepali-poem-prajin-shrestha/
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

