बाँकी सब ठीक छ | Nepali Poem | Prabhat Paudyal

Prabhat Paudyal
कविता लेख्छु सोच्दै थेँ
पङ्गतीहरु देख्छु सोच्दै थेँ
कताबाट सुरु गरम् अन्योलमा छु
शब्हरुको गन्जागोलमा छु
बाँकी सब ठीक छ
हरेर नि जितेको छु यहाँ
जितेर नि सायद हारेको छु
आफ्नो मनलाई सारेको छु
दोधारमा पारेको छु
नजानेर या नमानेर
आफ्नो काम टारेको छु
बाँकी सब ठीक छ
खै कता हराउँदै छु
खै के सँग डराउँदै छु
एक आवाज ननिकाली
चुपचाप लगेर कराउँदै
बाँकी सब ठीक छ
न त कसैको यादमा छु
त्यहि पनि बर्बादमा छु
काम नभए नि व्यस्त छु
काम भएर नि फुर्सदमा छु
बाँकी सब ठीक छ
नभएको एक्लोपन छ
अस्थिर मन छ
केहि काम बन्दैन
केही काम बन्छ
बाँकी सब ठीक छ
केहि कुरामा मस्त छु
काम बिना व्यस्त छु
बिना रोगको रोगी छु
रोग लागेर स्वस्थ छु
केहि कुराको उल्झन छ
केही कुरामा प्रष्ट छु
बाँकी सब ठीक छ
केही कुरा फाल्तु केही कुरा खास छ

ज्न मन छैन तर पनि पर्ने आस छ

थोरै कुरा सहि छ
अरु कुरा बकवास छ
बाँकी सब ठीक छ
केही कुरा शेष छ
अफ्ट्यारोमा देश छ
कतै बढी पहिरो
नाना थरी केश छ
केहि कुरा गर्नु भन्दा
नगर्नु नै बेस छ
बाँकी सब ठीक छ
शब्दहरु चुहिने छाना छ
वाक्यहरुको दाना छ
केहि लेख्न मन छ
त्यही नि खाली पाना छ
बाँकी सब ठीक छ
Read More From Prabhat Paudyal:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *