Nepali Poem | हारको कविता | Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal
के हो अनि के होइनको
अन्योलमा
हरेक दिनको समचारको
गन्जागोलमा
एक तिर
सीता  जन्मेको देशमा अहम्
अर्कोतिर
हजारौं सीताहरूको इज्जत लुटिदा मौन
बुद्धहरुकाे प्रवचन सुन्दै
हिट्लरहरुलाई नेता चुन्दै
ढलेको स्वाभिमान
बटुलेर
तिनकै आडमा
सगरमाथाको उचाई हेर्दै
लडिरहेछु
मानवताको चिहानमाथि
सरम अडेर
झुटो देशभक्ति झल्काउने
विजय जुलुसको नारा  सुन्दै
लेखिरहेछु
हारको कविता

Read More Nepali Poem of Prabhat Paudyal : 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *