ए पुरुष | (Eh Purush) Keki Adhikari | Nepali Poem
केकी अधिकारीले सन् २०१५मा लेखेकी कविता ‘ए पुरुष’ भर्खरै भिडियो माध्यमबाट उनको युट्युब च्यानलमा प्रकाशित भएको हो। यो कविताले महिला हिंसाविरुद्ध आवाज उठाएको छ।
पूरा कविता पढ्नुस्….
टिनको
खरको
कन्कृटको, छानो भएको घर भन्दा अघि
मेरो कोख तिम्रो घर थियो ।
अहंकारले फुल्ने तिम्रो छातीमा
पहिलो सास त्यही भेरेकी हुँ !
क्रूर तिम्रा भाग्यरेखाका पन्जाहरु
त्यही कोरेकी हुँ !
तिमीले हेर्ने आँखा,
तिमी उभिने मेरुदण्ड,
र तिम्रा पुरुषार्थका प्रत्येक अङ्ग
त्यहीभित्र हुर्किएका हुन् !
ए पुरुष
म नारी हुँ !
म नारी हुँ,
नबिर्स, मेरो कोख
तिम्रो पहिलो घर हो ।
खुब विरताको कुरा गर्छौ
खै ?
कुन युद्ध कहाँ लडेका हौ ?
के तिमीले जितेका हौ ?
कुन सिमानाको रक्षा गरेका हौ ?
को दुश्मनलाई हराएका हौ ?
अध्यारोमा, एकान्तमा
म आफै तिमीबाट अशुरक्षित छु,
तिम्रो पहिलो घर अशुरक्षित छ !
खुब पौरखको कुरा गर्छौ ?
म सोच्दै छु,
तिमी साँच्चै वीर हौ ?
कि कायर हौ ?
तिमीसँग तागत छ भने
ममाथि कुदृस्टी लगाउने आँखा फोरेर देखाउ
ममाथि वर्चस्व जमाउने मेरुदण्डहरु भाँचेर देखाउ
ममाथि आक्रमण गर्ने पन्जाहरु रोकेर देखाउ
छ तागत ?
नत्र झुकाउ आफ्नै शिर
नफुलाउ आफ्नो छाती
किनकी ? म नै तिम्रो जननी हुँ !
ए पुरुष
शर्म गर !
किनकी ? म तिम्रो पुरुषार्थलाई जिस्काइरहेछु !
ए पुरुष
म नारी हुँ !
नबिर्स, मेरो कोख
तिम्रो पहिलो घर हो ।
Credit: Keki Adhikari
Read More From Offline Thinker:
मरेको मानिसले पछाडी फर्केर……..| Buddhisagar | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

