युद्धका शुरवीर | Ashish Ghimire

देवीहरुलाई सलाम
युद्धका शुरवीर | Ashish Ghimire
न थकान भन्न पाइने, न भोक। न निद्रा न त प्यास नै।
एकछिन आँखा बन्द मात्र के‌ भएका‌ थिँ। आँखा‌ अगाडि मेरी सानी गुडियाको‌ तस्बिर झलझली आइरहयो। ३ महिनाकी मेरी सानी परीलाई मैले अझै‌ देख्न पाएको छैन। देखेको छु त केवल उ जन्मिएको दिनको एउटा तस्बिर। सोच्दैछु कहिले घर पुगेर मेरी गुडियालाई काखमा राखेर आनन्दको निद पाऊँला?
मेरी प्यारी गुडिया प्लिज मलाई माफ गर है। तिमीलाई चाहिने समयमा म तिमीसँगै छैन। बुझ्छु तिम्री मम्मीलाई पनि एक्लै तिम्रो‌ स्याहार गर्न गाह्रो भइरहेको छ। तिमीहरुसँग हुनुपर्ने यो समयमा म साथमा हुन पाइन। के गर्नु युद्ध नै त्यस्तै छ।
मनको चाहना छ छिटै यो‌ युद्ध सकियोस् अनि तिमीसँगै समय‌ बिताउन पाऊँ।
हस्पिटलको लगातार १२ घण्टाको ड्युटीपछि म यिनै सोँचहरुमा अल्झिरहेको थिएँ। एकैछिन भएपनि चैनको सास फेर्दै थिएँ ३ महिना अघि जन्मेकी मेरी‌ छोरी ‘प्रकृति’लाई सम्झिँदै। एकछिन बस्न पनि पाएको थिइन ‘डक्टर, इट्स एन इमरजेन्सी’ भन्दै मलाई नर्सको पुकार आयो। कर्मथलो नै यस्तै रोजेको थिए मैले दौडिन परिहाल्यो। कसैको‌ जीवनको सवाल छ!
डाक्टरको‌ धर्म सबै कुरा भुलेर निभाउनु पर्ने, त्यसैमाथि यो कोभिडको महामारी।
हत्तपत्त दौडिँदै आइसियु पुगेँ। बिरामीको‌ अवस्था झन् नाजुक‌ हुँदै गरेको देखेँ। उसलाई सास फेर्न गाह्रो हुँदै थियो। अक्सिजन दिइरहँदा श्वाव काफी थिएन। उनको शरीरमा अक्सिजन लेबल घटिरहेको थियो।
हामी सक्दो प्रयास गर्दै थियौँ कन्डिसन् स्टेबल बनाउने। मोनिटरमा‌ मुटुको घड्कन झनझन घट्दै गइरहेको थियो। हेर्दा हेर्दै मोनिटरमा सिधा धर्को मात्र‌ बाँकि रह्यो।
दुःखदको कुरा हामीले फेरि अर्को अमूल्य व्यक्ति गुमाउनु पर्यो। हामीले प्रयास गर्दा गर्दै पनि फेरि असफल भयौँ। फेरि थपियो कोभिडको मृत्युदरमा एउटा अंक।
***
२४ घण्टाै पिपिईभित्र बाँधिएर काम गर्न बाध्य हामी। पसिनामा चुर्लुम्मै डुबेर पनि सेवा गरिनै रहन पर्ने। पिपिई लगाएर दिनभरी खटिन पर्छ। आँखामा पसिनाका धाराले पीरो बनाउछ। तर जति गरे पनि, यो हाम्रो प्रयास भन्दा माथि पुगिसक्यो। हाम्रो क्षमताले धानेर धान्न नसकिने अवस्था आइसक्यो।
“हे भगवान! अझै कति??” अब देखिसक्नु हुन छोड्यो। ठानेँ अब म‌ मान्छेहरुलाई आँखा अगाडि तड्पिरहेको हेर्न सक्दिन। म‌ थाकिसकेँको छु प्रयास गरेर नि असफल भएको देखेर। हरेक दिन मेरै अगाडि मान्छेहरुले ज्यान गुमाएको देख्दा मेरो अन्तरआत्मा रुन्छ तर म‌ केहि गर्न सक्दिन। ‘केहि बाटो‌ निकाल‌ हे भगवान! यो‌ महामारीको केहि टुङ्गो लागाउ।’
***
सबै जनता जनार्दन सर्वसाधारणहरुमा‌ म लगायत म जस्तै अहोरात्र खटिनुभएका साथीहरुबाट केवल एउटा बिन्ती गर्न चाहान्छु- हामी डाक्टर, नर्स, लगायत सम्पूर्ण स्वास्थकर्मी एवम् मेडिकल लाइनका‌ सम्पूर्ण साथीहरु तपाईहरुका लागि खटिएका छौँ। सुरक्षाकर्मी साथीहरु दिनरात बाटोमा खटिनु भएको छ। हामी आफ्नो भोक, तिर्खा, निद्रालाई त्यागेर आफ्ना परिवारजनसँग टाढिएर बसेका छौँ। ताकी तपाईहरु आ-आफ्नो घरमा सुरक्षित आफ्ना परिवारसँग रहनुहोस् भनेर।
हामी आफ्नो ज्यानको बाजी लगाएर खटिएका छौँ। तपाईहरु पनि आफ्नो ठाउँमा सुरक्षित बस्नुहोस् र संक्रमण फैलनबाट जोगाउनुहोस्। गाह्रो अप्ठ्यारो परेँ नजिकैको स्वास्थ्य सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस् र मिलेर यो माहामारीको लडाइलाई जितेर देखाऔँ।
Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *