म मा साहस छ | Prajeena Shrestha

Prajeena Shrestha

म मा साहस छ। Prajeena Shrestha 

थाहा छ, आज आँखाहरु निराश छ
बोलीहरु गुमसुम् अनि चुपचाप सबैको बाँस छ
कतै निसास्सिएका गलाहरु
त कतै जथाभावी लास छ
कठिन छ समय, तर पनि सुनौलो बिहानीको आश छ, म मा अझै साहस छ।।

म यता आईसोलेसनमा, मेरो परिवारलाई केही होला कि भन्ने डर छ
कोलाहल मानिसहरुको भिड हुने यहाँ,आज त सुनसान सहर छ
धेरै भयो साथीहरुसँग नहाँसेको, रमाउँदै उनीहरुलाई अंगाल्ने रहर छ
मलाई बिश्वास छ, यी काला दिनहरु पछि पक्कै पनि खुशीको लहर छ, त्यही रंगिन सहर छ।।

ठूलाहरुको घरमा त अहिले पनि हाँसो नै छ, मीठो पाकेकै छ, सुविधा छ
तर दुई छाक टार्न गाह्रो यहाँ, मनमा अनेकौं दुविधा छ,
सबैको आफ्नै कहानी छ
तर अझै मलाई बिश्वास छ, आज कालो धमिलो दिन भएपनि
भोलि त सुनौलो बिहानी छ
आश छ, म मा साहस छ।।

 

Read More From Prajeena Shrestha:

अवलोकन | Prajeena Shrestha | Nepali Poem

 

______________________

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *