Nepali Poem by Prajeena Shrestha
आफ्नो गन्तव्यको छालसँगै
अवलोकन गर्दै छु म ।
भोलीको पर्खाइ र डरमा
बाँच्ने आशा भनौँ या करमा
जबरजस्ती मेरा आँखालाई खुम्च्याएर
निदाउने कोशिस गर्दै छु म ।।
भोली, आजमा परिणत भयो
आजलाई जीउने आशमा
फेरि त्यही भोलीलाई, परिपक्को बनाउने सहासमा
आफ्नो गन्तव्यको अवलोकनमा म ।।
बिहानीको झिसमिसेसँगै मिसिएका
भवनाका तरङ्गलाई साथ लिएर
अनेक मानिसहरुको भिडमा आफ्नो
पहिचान बनाउने, आशाको प्याला पिएर
धक्कालिदै, पेलिदै, लड्दै सम्हालिदै म
अवलोकन गर्दै छु मेरो दृश्य विहिन गन्तव्यको ।
नेपाल यातायात, साझा बस, अनि टेम्पुमा
कोचिदै, सोच्दै, हराउँदै आफैमा
झ्यालको सिटमा बसेर
कानमा मुटु बिझाउने संगीतलाई कोचेर
ती बाहिरका रंगिन दृश्य हेर्दै निदाउँछु,
हराउँछु, बिउँझिन्छु त्यो हल्लाले,
मन भित्रको उत्तेजित हल्लाले म निदाएको देखि सहदैन
भन्छ, अवलोकन गर न तिम्रो गन्तव्यको ।
जीवनले कलाकार बनाइदिएको छ मलाई
अभिनय गर्न निकै सिपालु
निराशाले सताउँदा आशाको पर्खाइमा बसेको अभिनय गर्छु
गन्तव्य विहिन भएर भौतारिदा
आफूमा आफैलाई भेटाएको अभिनय गर्छु
दुःखेको मनलाई फकाएर, तिलपिल भरिएका आँखालाई
हाँसोमा परिणत गर्न सक्ने कलाकार भै सकेँ म ।।
त्यसैले, आशको हैन अब साहसको
अवलोकन गर्दै छु म
आफ्नो अस्तित्वको अवलोकन गर्दै छु म
भोलीको दिनको हैन आजको पलको अवलोकन गर्छु म
आफैमा हराउँदै अनि बिलाउँदै ।।
Photo by Dmitry Ratushny on Unsplash
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com