उनी रुन्थिन् … | कविता | Prajeena Shrestha | काव्यकुञ्ज कविता प्रतियोगिता

Prajeena Shrestha

उनी रुन्थिन् …
एक्लै, आफू सँगै, भिडमा
साथीहरुको ठूलो हाँसोको माझमा
कहिले दिनमा त कहिले साँझमा, उनी रुन्थिन् …

हसिली पनि देखिन्थी उनी कहिले काहिँ …
सायद आँसु लुकाउन पनि होला
तर उनी हाँस्दा हाँस्दौ रुन खोज्थी
आँसु पुच्दै हाँस्थीन उनी…

घरी आफुलाई एनामा नियालेर रुन्थिन्
कसैले नसुनुन् भनि रुँदै मुख थुन्थिन्
त्यहि एनामा आफ्नो दृश्य डराएर छुन्थिन्
खै किन हो, छिन मै भावुक त छिन मै खुशी हुन्थिन्
उनी रुन्थिन् …

उनलाई आफ्नो जीवनको माया लाग्दैन थियो
आफ्नो मायाले मन दुखाएको सम्झेर
आफूले आफ्नो जीवनमा केही गर्दिन कि सोचेर
मनभरी अनेक पीडाहरुलाई कोचेर
मुटुमा पस्चतापका र अहंकारहरुलाई बोकेर होला
उनी रुन्थिन् …

तर एक दिन ,उनी रोइनन्
उनी सिथिल थिइन्
हातबाट पोखिएर भुइँमा छरिएका थिए, उनी सिथिल हुनुको कारण

एक्लोपनले मरिन उनी..
तर उनको सिथिल शरीरलाई हेर्न कयौं मानिसहरुको भेला भयो
त्यो मध्य धेरैले गर्दै थिए उनको बयान
धेरैको भरिएका थिए आँसुले नयन
के त्यो उपस्थितिले बचायो त उनको जीवन??

आज उनी चुप छिन, मौन छिन्
उनी सिथिल छिन् ।।

-Prajeena Shrestha

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *