आँसु | कविता | Pustika Bhandari | काव्यकुञ्ज कविता प्रतियोगिता

आँसु

आँसु

एक रात
पिलीक्क बालेर जूनको लालटीन,
झ्यालबाट
आकाशले चिहायो मेरो कोठामा।

टिलपिल आँसु
अनि अलिकति खल्लो मुस्कानले
स्वागत गरें।

मेरो छेवैमा बसी
हात समाएर भन्यो उसले :

“समुद्र मेरो आँसुको तलाउ हो
जसको स्वादको व्यापार गर्छ यो दुनियाँ।
…
म चाहेर पनि
आफ्नै आँसु चाख्न सक्दिनँ
तर तिमी
यो अवसर नगुमाऊ।”
.
.
.
त्यसपछि रोँए म,
डाँको छोडेर,
रातभर!

 

 

आँसु

You may also like to read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments
I'm a poetry lover. And yeah! A student,too.

Leave a Reply

Your email address will not be published. Required fields are marked *