आँसु | कविता | Pustika Bhandari | काव्यकुञ्ज कविता प्रतियोगिता
आँसु एक रातपिलीक्क बालेर जूनको लालटीन,झ्यालबाटआकाशले चिहायो मेरो कोठामा। टिलपिल आँसुअनि अलिकति खल्लो मुस्कानलेस्वागत गरें। मेरो छेवैमा बसीहात समाएर भन्यो उसले : “समुद्र मेरो आँसुको तलाउ होजसको स्वादको व्यापार गर्छ यो दुनियाँ।…म चाहेर पनिआफ्नै आँसु चाख्न सक्दिनँतर तिमीयो अवसर नगुमाऊ।”…त्यसपछि रोँए म,डाँको छोडेर,रातभर! You may also like to read: Follow Offline Thinker on Facebook, Twitter, and Instagram. […]

