बदलिएको म, मनपरेको उ | Nepali Poem | Muskan Pandey

Muskan Pandey
बदलिएको म, मनपरेको उ | Nepali Poem | Muskan Pandey

मलाई गाउन मनलाग्छ,
मलाई नाच्न मनलाग्छ,
मलाई हराउन मनलाग्छ,
मलाई रमाउन मनलाग्छ,
मलाई म मनपर्न थालेको छ,
मलाई मेरो ओठमा आउने नाम मनपर्न थालेको छ,
मैले देख्ने गरेको सपना मनपर्न थालेको छ,
कसैको फुर्सदको पर्खाइ मनपर्न थालेको छ,
कसैसँगको कुराकानी मनपर्न थालेको छ,
उसैसँगको आनाकानी मनपर्न थालेको छ,
कहिल्यै कसैको मतलब नगर्ने म,
कसैको मेसेज आउँदा पनि अनलाइन नआउने म,
आज कसैले गरेको मेसेज मनपर्न थालेको छ,
इन्स्टाग्रामको स्टोरी मनपर्न थालेको छ,
मेसेन्जरको रङ्गिन इमोजी मनपर्न थालेको छ,
मलाई त्यही भाइबरको टिङ्ग-टिङ्ग आवाज मनपर्न थालेको छ,
मलाई उसले गाउने गीत मनपर्न थालेको छ,
मलाई बदलिएको म मनपर्न थालेको छ,
हो मलाई उ मनपर्न थालेको छ।

कसैको मेसेजले गराएको खुल्दुली यो मनले मनपराउन थालेको छ,
अब के रिप्लाई आउँछ भन्ने डरले सताउन थालेको छ,
मलाई त्यो डर मनपर्न थालेको छ,
९ नबज्दै निदाइसक्ने म,
उसँग बोल्न भनेर रातमा त्यागेको त्यो निन्द्रा मनपर्न थालेको छ,
एकअर्कालाई जान्ने चाहना मनपर्न थालेको छ,
उमृदैँ गएका ती मायाको बोट मनपर्न थालेको छ,
शब्दहरुले मलजल हालेर फुलाएको त्यो मायाको फूल मनपर्न थालेको छ,
मलाई यो प्रेमको भोक मनपर्न थालेको छ,
मलाई बदलिएको म मनपर्न थालेको छ,
हो, मलाई उ मनपर्न थालेको छ।

मलाई उसँगको पहिलो भेटघाट मनपर्न थालेको छ,
उ बस्ने ठाउँको बाटो मनपर्न थालेको छ,
त्यही बाटो हिँड्ने बाहना मनपर्न थालेको छ,
विश्वासले पोतेको त्यो मनको पाटो मनपर्न थालेको छ,
क्यामरामा कैद गरेर राखिएका ती तस्विर मनपर्न थालेको छ,
मलाई त्यही तिता मीठा बात याद आउन थालेको छ,
उसँगको दुई तीन कदमको साथ मनपर्न थालेको छ,
म अल्झिएर कतै लड्दा मलाई समाएका उसका ती हात मनपर्न थालेको छ,
मलाई बद्लिएको म मनपर्न थालेको छ,
हो, मलाई उ मनपर्न थालेको छ।

मलाई उसको हरेक प्रश्न मनपर्न थालेको छ,
मलाई मेरो हरेक जवाफ मनपर्न थालेको छ,
भावनाले भरिएका ती आँखा मनपर्न थालेको छ,
त्यो मुस्कानले बेरिएको मुहार मनपर्न थालेको छ,
हरेक पल महसुस हुने त्यो आभास मनपर्न थालेको छ,
मलाई सबैभन्दा खास उ मात्र लाग्न थालेको छ,
सबैभन्दा प्रिय उ मात्र लाग्न थालेको छ,
मलाई यो संसार मनपर्न थालेको छ,
मलाई यो जिन्दगी मनपर्न थालेको छ,
मलाई मेरो बदामे ओठको नयाँ मुस्कान मनपर्न थालेको छ,
ती शब्दको गहिराइले बनाएको मायाको सानो घर मनपर्न थालेको छ,
त्यो रङ्गिन इमोजीले रङ्ग्याएको हाम्रो प्रेम कहानी मनपर्न थालेको छ,
मलाई हाम्रो प्रेम कहानी मनपर्न थालेको छ,
मलाई बद्लिएको म मनपर्न थालेको छ,
हो, मलाई उ मनपर्न थालेको छ।

Read More Poem From Muskan Pandey:

म जिउँदो लास ! Poem by Muskan Pandey

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

author
When it comes to writing i enjoy expressing what i write and this always makes me feel alive.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *