हेर त त्यो नाउ खाली छ,
सायद हामी दुईको पर्खाइमा छ,
हेर त पानीमा देखिएको तिम्रो आकृतिले,
त्यो निलो आकाशलाई पनि लोभ्याउँछ,
तिम्रो आकृतिलाई पछ्याउँदै आकाशबाट बादल पनि पानीको थोपा बनि तिम्रै आकृतिमा आएर पोखिन्छ,
त्यही खोलामा देखिएको तिम्रो आकृतिलाई आफ्नो थोपा थोपामा समेट्न खोज्छ।
हेर त त्यो नाउ खाली छ,
अनि यो दृश्य कति रमणीय छ,
त्यो निलो अनि विशाल आकाशमुनी,
यो निलो खोलाको किनार कति शान्त छ।
आउ तिमी मेरो हात समाउ,
म तिम्रो काँधलाई साथ दिन्छु,
यो साथमा रमाएर केही कदम बढाउ,
ढुक्क रहने तिम्रो मनको ढुक्ढुकीलाई सम्हाल्छु,
कहिले खोला किनार त्यो पललाई अङ्गाल्छु,
कहिले त्यो नाउमा डुल्दै पानीमा देखिएको तिम्रो आकृतिलाई सँगाल्छु,
कहिले त्यही निलो आकाशमा,
बादलै बादलको कपासमा,
कहिले प्रेमको रङ्गमा रङ्गिएर,
कहिले प्रेमको स्वादमा पल्किएर,
एउटा बेग्लै संसार बसाउँछु!
आउ यो दृश्य भन्दा सुन्दर तिमी,
अनि त्यो भन्दा सुन्दर तिम्रो मनलाई,
म आफ्नो मनभित्र सजाउँछु।
तिमीलाई म आफ्नो मनभित्र सजाउँछ।।
Read More Nepali Poem at Offline Thinker: