कथन! | Muskan Pandey | Nepali Poem
सम्झँदा सम्झँदै छुटेका छन् केही मीठा यादहरु, भुल्दा भुल्दै याद आएका छन् अतीतका केही बातहरु, डुल्दा डुल्दै थाकेका छन् केही मीठा सम्बन्धहरु, पर्खदा पर्खदैँ टुटेका छन् केही अटुट बन्धनहरु। खैर! यस्तै यस्तै छन् जिन्दगीका कथनहरु, ढली जाने समयले लुटेको छ सपनाहरु, ढल्की जाने जोवनले लुटेको छ जवानीहरु! यस्तै यस्तै छन् जिन्दगीका कथनहरु! […]