Nepali Poem | नारी~ब्रह्माण्डको छोरी | Muskan Panday | Women’s Day
म एक नारी हुँ,
यो जीवन मेरो आफ्नै लडाई हो,
पितृसत्तात्मक सोचको बोझले नथिच मलाई,
मभित्र संसार छ,
अनि म यहि ब्रह्माण्डको छोरी हो।
म एक नारी हुँ,
फुकेर आफ्नो पाइला चालेको भोगाई छ मसँग,
सम्झेर कम्जोर मलाई,
आफ्नो हक ममाथि जताउन नखोज,
मभित्र तुफान छ,
यहि ब्रह्माणको हलचल रोक्न सक्ने
सारा तेज छ मसँग।
म एक नारी हुँ,
मैले तिमीलाई दु:ख बिसाउन
आफ्नो काँध दिएको छु,
आफ्नो स्वार्थको भुमरीमा अल्झिएर
मेरो मुटु दुखाउने आँट नगर्नु,
मभित्र सागर छ,
यहि ब्रह्माण्डको सम्पूर्ण भाव अटाउने
गहिराई छ मभित्र।
म नारी हुँ
म फूलका पत्रपत्रमा
जीवनका अनेकन पात्र देख्ने गर्छु,
तिमी झुक्किएर पनि मेरो चरित्रमाथि प्रश्न नगर्नु
म भित्र थुप्रै कथा छ,
समेटेर शब्द र पानाहरु,
यहि ब्रह्माण्डको सर्वश्व ईतिहास लेख्ने
साहस छ मभित्र!
म नारी हुँ,
म चिरेर अन्धकारलाई,
घामको किरण बन्ने हौसला राख्छु,
अथाह उज्यालो छ मसँग,
मेरो अन्धकार जीवनलाई तिमी नजरअन्दाज नगर्नु,
मभित्र थुप्रै जीवन छ,
यहि ब्रह्माण्डको बोझ उठाउन सक्ने
इमान्दार भावी रक्षक छ मसँग।
म नारी हुँ,
लगन, धैर्य, सहनशीलता
मेरो बाध्यता होइन रोजाई हो,
म डराएर कहिल्यै डग्मगाउने छैन,
म नदी हो, निरन्तर बगिरहन्छु,
म थरथराउने छैन, म आँट हो,
मेरा खोटहरु नियालेर मलाई चोट पुर्याउन छोडिदिनु,
मभित्र पहाड छ,
म कहिल्यै नटुट्ने यहि ब्रह्माण्डको चट्टान हो।
मभित्र तुफान छ,
मभित्र सागर छ,
मभित्र पहाड छ,
मभित्र जीवन छ,
मभित्र संसार छ!
म तेज हो,
म साहस हो,
म नदी हो,
म गहिराई हो,
म आँट हो,
म चट्टान हो,
म यो ब्रह्माण्डको,
एकमात्र छोरी हो।
मभित्र संसार छ,
म नारी हो।
म एक नारी हुँ,
मेरो योनीबाट बगेको रगत
मेरो शक्ति हो,
मेरो गर्भमा हुर्कदैँ गरेको भविष्य
मेरो गर्व हो,
मेरो अस्तित्व मेरो पहिचान हो।
नारी दिवस मेरो स्वाभिमान हो।
नारी दिवस मेरो स्वाभिमान हो।
A message to all men and women,
I wish each of you who cherish their worth and existence,
I wish each of you who have been bold, loveable, selfless, kind and dedicated throughout their life,
I wish each of you,
“HAPPY INTERNATIONAL WOMEN’S DAY!!”
Also, I appreciate and THANK all the ‘MEN’ who always stood by women, for women,
who gifted women an unblemished trust, assurance and motivation,
who supported women in every possible ways to make them realize their worth with selfless dedication!!
Read More From Muskan Pandey:
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

