Nepali Poem | जहाज र जून | Muskan Pandey

Muskan Pandey

झ्यालबाट यी आँखाहरुले
कहिल्यै जून चिहाउँछन्,
कहिल्यै जहाज,
कहिल्यै सुम्सुम्याउँछन्
उडेका सपना,
एक्लो जून हेर्दै,
कहिल्यै सुक्सुकाउँछन सम्झेर विपना!
जूनको प्रकाशले छरेको
उज्यालो आकाशको बाटो हुँदै,
मलाई तय गर्नुछ
अब जुन र जहाज बीचको यात्रा,
ए सपनामा रङ्गिएका रङ्गहिन आत्माहरु!
भनिदेउ न,
जिन्दगी छोडेर,
जूनलाई नाघेर,
सपना बोकेर उडेको जहाज
आखिर पुग्छ कहाँ??

 

Read More From Muskan Pandey:

 

 

 

प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

author
When it comes to writing i enjoy expressing what i write and this always makes me feel alive.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *