Nepali Poem | खोइ म किन लेखी बस्छु ? | Bishnu Paduka

Bishnu Adhikari
उसको रोस्टमदेखि
छोडपत्रको घोषणापूर्व नै
अवसरहरुको अहं पखालेर
केही लेखी बस्छु
कसैलाई कविता नलागे पनि
म नलेखी बस्न किन पनि सक्दिन भने
-लाग्दैन निको मौन बस्न
– कसैले माने पनि नमाने पनि
-ती अल्पायु मेरा कमजोरी कुण्ठा अनि निकृष्टताहरूको बलिदान दिन
-आत्मभर्त्सनाको प्रतिशोध लिन
-घटाउन  जुँगाको मोटाइ र भुँडीको आयतन
– स्वरुप बदल्न किस्ताबन्दीका घडीको
– पखाल्न विचारहीनताको विकार
– लाइदिन मितेरी समयसँग समयको
– जोड्न एक जेहेनले नियती र मुकाम
– देखाउन जवान विगतभन्दा वर्तमान
– लल्कार्न केही असम्बन्धित सम्बन्धहरू
– संगत गर्न केही अराजक र असभ्यहरूसँग
– उठेर शून्यदेखि पुग्न शून्यतामा
– बाँध्न एउटा अस्थिरतामाथि बाँध
– देख्न यी अनिश्वरवादी आँखाले निर्दोष ईश्वरका आँखा
– दिन केही ढोङ्गहरुदेखि स्वतन्त्रता आफैलाई
हतारिन्छु म दिनदिनै
सेलिब्रेसन गर्न
कि
मेरो भोलि मैसँग सुरक्षित छैन ।
– विष्णु पादुका
कागकोट ,डोल्पा ।
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *