Nepali Poem | जून | Suman Bhattarai

suman bhattarai

पूर्णिमाको जून जस्तैः
बेलाबेला झुल्किने तिम्रो मुहारले
अस्थिरतामा डुबेको जीवनलाई
एउटा स्थायी टेको दिएर जान्छ
मनमा छाएको अध्यारो चिर्न
आशाका उज्यालो किरण दिएर जान्छ
एउटा सादा मुस्कानले
सधैँभरलाई आनन्द दिएर जान्छ !

दैव दिन र दशाहरु
मित्र रात र नशाहरु
आदर्श चिन्तन र सोचहरु
खुशी निराशा र आशाहरु
सबै फगत अस्थिर रहेछन्..
केबल, आकाशको जून बाहेक
उर्फ: तिम्रो मुहार बाहेक !

 

 

Read More From Suman Bhattarai:

-कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *