Nepali Poem | उपहार | Suman Bhattarai

Suman bhattarai

जसरी तीर्थमा चढाएको प्रसाद
भक्तको होइन ईश्वरको हो..
त्यसरी नै
तिम्रो यादहरुको तीर्थयात्रामा
पुण्य कमाएको केही हरफ कविताहरु
सबै तिम्रै हुन्
तिम्रै निजी हुन् !

सोचे तिम्रै उपहार
फेरि तिमीलाई नै टक्र्याउदा
कसरी त्यो उपहार भयो ?
भ्रम रहेछ कविको
प्रेमिकाले केही दिइनन भन्ने गुनासोमा ,
नदिएको केहि त उसैले रहेछ !
नलिएको केहि त उनैले रहेछ ।

 

Read More From Suman Bhattarai:

-कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *