Nepali Poem | घाउ दुख्दैन | Nidesh Acharya

Nidesh Acharya
फुलको वाटिकामा लुकामारी खेल्दा
काँडाले ढेप्पा भन्दियो
यो चोकभन्दा पचास किलोमिटर
उत्तर तिर मुस्कान महल छ
म खोज्दै गए
एउटा मित्रलाई सोधे एत्ता भन्दियो
म पुगे आँसु महलमा,
धोकाको बाटो हुँदै ।
भाग्यको जुवामा
बादसाह कराए
दुर्भाग्यले एक्का भन्दियो ।
खुशी मेरो कोठाबाट
सुटुक्क निस्किएछ
खोज्न हिँड्दा
निधारले बेपत्ता भन्दियो ।
हरिभक्त मेरा औंलामा बसे
लेख्न लगाए
नरायण गोपाल जिब्रोमा बसे
गाउन लगाए
“मलाई नसोध कहाँ दुख्छ घाउ”
तर मैले थाहापाए
घाउ हैन मान्छे दुख्दो रहेछ ।

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published.