नशा | Nidesh Acharya | Nepali Poem

society

रातले, अन्धकारको,
ब्ल्याङ्केट ओढाइदियो ।
आकशको बत्ती फ्युज भयो ।
चन्द्रले अन्धकारको पृष्ठभुमिमा
आफ्नो अस्तित्त्व शून्य पारिदियो ।
ताराहरुले पृथ्वीलाई ।
हेर्न आएनन् ।
चुपचाप छु म ।
स्तब्ध छु ।
खै,
सबै मानिसहरु फुत्तफुत्त निस्किन्छन्
आफ्नो ओतबाट
अफिस जाने अरे ।
१० बज्यो भन्छ मेरो घडीको अलार्मले ।
म जिउमा नाङ्गो
आफ्नो कोठाभित्र ।
बाहिरको दृश्य अवलोकन गर्दैछु ।
सबैले भन्दैछन्
उनीहरु इन्द्रेणी हेर्न निस्केका अरे ।
दिन आज कलरफुल, रंगिन छ अरे ।
म मात्र पानीका थोपाहरु देख्दै छु ।
झरझर आकशबाट झरिरहेका ।
मेरो नयनमा,
लेन्स क्याप,
लाग्या छ कि?
खै,
उज्यालोकोलागि ढोका बन्द छ
मेरो प्युपिलको ।
खै के इन्द्रेणी ?
के कलरफुल ?
के? के?
मुटुले दुःख र तनावलाई
घोलेर शरीर भरी संचित गर्दैछ ।

 

Read More From Nidesh Acharya:

रस र Rush | Nidesh Acharya

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *