वर्षाले अन्धो बनायो
काला बादलको बिस्पोटक फुटेर
छरिएका पानीका छर्राहरु,
नयन अगाडी ऐना बनाएर उभ्यायो
देख्दा भुइँ चुम्न उर्लिएका
पानीका फोकाहरु,
पट्पटी फुट्दा
फुटे जस्तो लाग्छ
आफ्नो अस्तित्वका पोकाहरु
बादल गड्गडाएर हाँस्दा
लाग्छ सुन्दैछु
आवाज धोका दिनेहरुको।
Read More From Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments