भाइ | Nidesh Acharya | Gazal

Gazal Nidesh Acharya

यो दुनियाँ सिमुलेसन हो, ह्या मुला दिक्दार हो भाइ
यो मान्छेको हल्ला हैन, पिंजडाको चीत्कार हो भाइ

पैसा कमाउ, कर्म गर, यो तिम्रो बाँच्ने आधार हैन
तिम्रो फाइदा उठाउन दुनियाँले गर्‍या गिरफ्तार हो भाइ

यो दुनियाँमा बाँच्नको लागि दुनियाँसँग शत्रुता गर्नु
किनकी दुनियाँले गर्ने प्रेमको नाममा बलात्कार हो भाइ

यहाँ सफलता पाउन आफैले आफूलाई त्याग्नु पर्छ
हो यही त यो निर्दयी दुनियाँको चमत्कार हो भाइ

हात देउ सहयात्री बन, साथ देउ साथी बन, मन देउ प्रेमी बन
दुनियाँले उपहार दिन्छ, तर पाउने त त्यही तिरस्कार हो भाइ

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *