रस र Rush | Nidesh Acharya

Nidesh Acharya

डाँडालाई सेतो बादलले हेर्दैछ घोप्टो परेर
डाँडाको वृक्षका पातहरुमा बादलको रस
डाँडामुनि कंक्रिट गुफाभित्र बस्ने
आधुनिक मानिसहरुको हरेक दिनको rush
रसबिनाको rush र rush बिनाको रस
एकै ठाउँमा दुईप्रकारका रस
त्यो प्राकृतिक रसलाई छोडेर पिउन
यो आधुनीक rushमा थाल्यो जिउन
हाम्रो विकसित सभ्यता ।
म यो आधुनिक rushबाट एकछिन पन्छिएर
आफ्नो घर भर्न, ग्राहकको पेट भर्न
Rush गर्ने साहुनीको होटलमा बसी
प्राकृतिक रसलाई, पर बसेर
पिउँदैछु आँखाले ।
आँखाले प्राकृतिक वातावरणसँग फोरप्ले मात्र गरेर
पूर्ण सन्तुष्टि पाको छैन, काखमा बसेर सम्भोग गर्ने चाहना
उत्कर्षमा पुगेको छ ।
तर यो आधुनिक rushले बाधेको छ यसरी कि
त्यो प्रकृतिको अंगालो त के
हातसम्म पनि छुन पाउदिन
यो आधुनिकताले मलाई अपहरण गर्यो अनि
Stockholm syndromeको सिकार भैसके म ।
न यो आधुनिक विकासको बाकसबाट सक्छु निस्कन
न दबाउन सक्छु प्रकृतिसँग सम्भोग गर्ने चाहना
त्यो प्रकृतिको रस पिउन नसक्दा मेरो
आधुनिक जीवनमा कैद भएको
अर्गानिक सोचले खुसी महसुस गर्न सक्दैन
म यो रस बिनाको rushमा बस कैद छु ।

Photo by Elijah O’Donnell from Pexels

Read More From Nidesh Acharya:

उत्सव | Nidesh Acharya

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *