जन्मिने बितिक्कै बुवा आमाको आशा बन्छौ ।
अलिकति ठूलो हुँदा किताबको बोझले हान्छ।
माया, ममताका साथ हामीलाई भरिपूर्ण राखिन्छ ।
गल्ति गर्दा गाली पनि खाइन्छ ।
कहिले काहीं चकचक गर्दा चड्कन नि खाइन्छ ।
तब हामीलाई सम्झाउँदै भनिन्छ,केटा नि रुन्छन् र !!!
जब ती कुरा सुनाएर तिम्रो आँशु तिमो आँखामै रोकेर राखिन्छ।
जब तिम्रो भावनाहरुलाई गुम्स्याएर राखिन्छ।
जब तिम्रो मान प्रतिष्ठालाई एक उपनाममा सिमित राखिन्छ।
जब तिम्रो असल नजरलाई खराब नजरले हेरिन्छ ।
जब तिम्रो औकातलाई आफ्नो पेशा अनुरुप नियालिन्छ ।
जब तिम्रो क्षमतालाई दबाएर, अरुले त्यो क्षमता प्रस्तुत गर्छ।
जब तिम्रो तागत तिम्रो बलमा नापिन्छ ।
जब तिम्रो रुपलाई रङ्गसँग दाँजिन्छ ।
जब तिम्रो असफलतामाथि हाँसो उडाइन्छ ।
जब तिम्रो सफलता तिम्रो भाग्यमानी रुप ठहरिन्छ।
जब तिम्रो प्रेमलाई असफ़ल बताइन्छ।
जब तिम्रो मित्रतालाई घातको रुप चिनिन्छ।
जब तिम्रो सानो गल्तीलाई महाभारत पारिन्छ ।
जब तिम्रो सुविचारलाई कुविचारमा ढालिन्छ।
तब-तब केटा मान्छे रुन्छन्।
किन नरोस् केटा
आमाको आँखामा आँशु आउदा,
किन नरोस् केटा
बाउको जिम्मेवारी बहन गर्न नसक्दा,
किन नरोस् केटा
दिदीबहिनीको असल दाजु बन्न नसक्दा,
किन नरोस् केटा
दाजुभाइको असल मित्र बन्न नसक्दा ,
किन नरोस् केटा
साथीको असल मित्रता बहन गर्न नसक्दा।।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com