धर्मका बली | Yp Junior

Yp Junior

धर्मका नाममा चडिएका बलीहरु गन्न मन छ।
परिवर्तनका नाममा चडिएका बलीहरु गन्न मन छ।।
ए ए नरिसाउनु है पुजारी जी, नरिसाउनु है नेता जी।
यहाँ फरक देखाउन खोज्दा खोज्दै।
सिटामोल खान नपाइ मरेकाहरु गन्न मन छ।

दान दिइ पुण्य कमाउनेहरुलाई हेर्न मन छ।
दान लिइ पुण्य दिलाउनेहरुलाई हेर्न मन छ।।
नयाँ नेपाल बनाउन हिडेका सहिदहरुलाई।
रगतमा लत्पतिएको पुरानो नेपाल देखाउन मन छ।।

मन्दिरमा बसेका भगवानलाई एक फेर भेट्न मन छ।
तिम्रै अगाडि सानी नानी कसरी बलात्कृत भइन सोध्न मन छ।।
हाम्रो गाउको बाटो कहिले बन्छ? छिटो बनाइदिनुस्न है भन्दै।।
नेता जी लाई एकहजार घुस दिन मन छ।

ढुङ्गालाई दान दिइ पुण्य कमाउछौ कसरी?
हात गोडा नभएकालाई देखि मन थाम्छौ कसरी?
मरे पछि सहिदहरुलाई भेट्छौ कसरी?
सँगै बसि चिया खाँदा नयाँ नेपालका बारेमा भन्छौ कसरी?

 

Read More From Yp Junior:

कर्के नजर | Mr. Junior Shivaraj Koirala

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *