कर्के नजर | Mr. Junior Shivaraj Koirala

Mr. Junior Shivaraj Koirala

कालो रातको त्यो धपक्क बलेको जुनलाई सोध
हिलाम्मे दहमा फूलेको त्यो कमललाई सोध
कमलमा लत्पतिएको भमरालाई सोध
कति चहन्छौ मलाई आफ्नो मनलाई सोध

जमिन छुन झर्दै गरेको त्यो पातलाई सोध
आकास छुन लम्किएका हजारौं पहाडलाई सोध
तराईका ती हरियाफाट हाँसिरहेको माथालाई सोध
कति चहान्छौ मलाई आफ्नो मनलाई सोध

समुन्द्रलाई सोध त्यो गहिराइलाई सोध
खोलालाई सोध त्यो चञ्चलतालाई सोध
ताललाई सोध त्यो सुन्दरतालाई सोध
कति चहान्छौ मलाई आफ्नो मनलाई सोध

मुसुक्क उदाउने त्यो गुलाबी ओठलाई सोध
घाइते बनाउने त्यो कर्के नजरलाई सोध
सोध्दै जाउ सोध्दै जाउ सोध्दै-सोध्दै जाउ
कति चहान्छौ मलाई………….

 

Read More Poem by Junior Shivaraj Koirala:

 

यात्री | Nepali Poem | Y.P Junior

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *