शून्यदेखि शून्यतासम्मको जीवन | Yp Junior | Nepali Poem

Yp Junior

मृत्युु भयो
बृद्धआश्रममा जवान हुँदैछ शरीर
बिस्तारै नयाँ पात्र आइ पुगे
छोरा बुहारी नाति नातिनी
एउटा नाम दियो
बुबाबृद्धाआश्रम बाट नयाँ पात्रले
जवान हुँदै गरेको शरिरलाई घर लगे
नाति नातिनालाई ‘क’ पुरी ‘क’ भन्दै पढाउँदैछ
बेला बेला छोरा र बुहारी कचकच गर्दैछन्नातिनी कक्षा ५ बाट ४ मा पास भइन
नाति जन्मियो, बुहारीलाई व्यथाले साह्रो पार्दैछ
वाक-वाक सुरु हुन थाल्यो,
छोरा होस् भनेर मनकामना गरियो

नातिनीको जन्म भयो बुढाबा खुसी छन्
हजुरआमाको मृत्यु भयो
आमै घरमा पाहुना ल्याइदे भन्दै छोरासँग गनगन गर्न थाल्नुभयो
छोराको बिहे गरियो

छोरा हुर्कदै छ
कक्षा १० राम्रो अङ्कले पास गर्यो
छोराको अङ्ग्रेजी सुनेर बा बेग्लै सपना देख्न थाल्नुभयो
पिँढीमा बसेर आमाले भात खुवाउनुभयो
—-
छोराको जन्म भयो,आमालाई व्यथाले साह्रो पार्दै छ
वाक-वाक सुरु हुन थाल्यो
आमा भोटो सिउन थाल्नुभयो
आमाको मृत्यु भयो

छोराको बिहेको कुरा चल्न थाल्यो
छोरोले ८ कक्षा पास गर्यो
बुबाको मृत्यु भयो
बुबा जागिर गर्न जानु भयो

छोराको जन्म भयो

शून्यबाट अन्तिम भएको जीवन शून्यमा नै सुरु भयो।

महादेवा | Yp Junior | Nepali Poem

Yp Junior
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *