यात्री | Nepali Poem | Y.P Junior

यात्री

यात्री

रङ्गिन संसारमा एउटा सपना बोकेर प्रवेश गर्दैछु
भोलिको अत्तोपत्तो छैन तर आजलाई ग्रहण गर्दैछु
म त केवल एक पात्र हुँ,बुन्दैछु कथालाई
मोड एक गन्तव्य एक संघर्ष अनेक
यात्री हो, हो म यात्री हो गन्तव्य बिनाको यात्री

जो यात्री जहाँ पुगेर मोडिन सक्छ
चौतारामा विश्राम लिन्छ।
ठेस लागेमा रुन्छ
त्यो ढुङोलाई गाली गर्छ
कुहिरोलाई पन्छाउदै
गन्तव्यमा अडिग रहन्छ
यात्री हो, हो म यात्री हो आफ्नै पारामा डुल्ने यात्री

गन्तव्य बिना अगाडी बढ्दैछ यात्री
भरिया भित्र अनगिन्ती जिम्मेवारी बोकेको छ
कत्तिका दुःख,पीडा अनि कत्तिका सपना छन्
ती दुःख पीडा सपनाले जिस्काइ रहेछ
हो यात्री हो,जसको गन्तव्य नै हराएको छ

भरिया बोक्ने मैले तक्मा बोक्न बिर्सिएछु
सबैका सपना बोक्ने मैले आफ्नो सपना बिर्सिएछु
जिन्दगीको गोरेटोमा गन्तव्य खोज्ने म
आज गन्तव्य बिनाको सिल्लड भएछु
हो यात्री हो, जसको कुनै गन्तव्य नै रहेनछ

थाहा छैन एक्कासी किन गरुहो भयो भारी
लेक लागेछ क्याहो हिन्नै गाह्रो भयो
भारीले साथ छोड्यो म……………
हो यात्री हो, जसको मृत्यु नै गन्तव्य रहेछ।

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *