म मरेको दिन | कविता | Mr. Junior(Shivaraj Koirala) [Nepali Poem]

सोकमा हुनेछ मेरो समाज
स्तब्ध हुने छन् ती आत्मीय मित्रहरु
मुर्छित हुनेछ ती मेरा परिवार
म मरेको दिन

मेरा खुट्टाले विश्राम लिनेछ
आँखाले देख्न छाड्ने छ
कानले सुन्न छोड्ने छ
मुखले सम्बोधन
म मरेको दिन

कोहि हरिया बाँस काट्ने छन् ।
कोहि कात्रो किन्न जाने छन्
धेरै मान्छे जम्मा हुनेछन् त्यो आगनमा
म मरेको दिन

स्वास छैन शरीरमा
देखि रहेको छु
वाक्य छैन् मुखामा
लानेछन् चार जनाले बोकेर
जलाउनेछन् मेरो शरिरलाई बासले घोचेर
म मरेको दिन

समाजले गुन गान गाउन थाल्ने छ
सत्रुले मित्रको व्यवहार देखाउने छ
बुबाले आँसु देखाउने छैनन्
आमाका आँखामा अविरल धारा बग्ने छन्
म मरेको दिन

स्तब्ध छ मेरो समाज आज
स्तब्ध छन मेरा सखाहरु
स्तब्ध छ यो वातावरण
अनि स्तब्ध छु म
म मरेको दिन

त्यो कालो कुकुरले मलाई खोज्ने छ
त्यो चराचुरुङ्गीले सोध्ने छ
त्यो धारो मेरो पर्खाइमा बस्ने छ
त्यो वारि मेरै बाटो हेर्नेछ
म मरेको दिन

सबैले मेरा बाबुलाई सोध्ने छन्
प्रस्न सयौं हुनेछन्
उत्तर केवल एक
स्तब्ध स्तब्ध स्तब्ध
म मरेको दिन ।।

Facebook Comments

YOU MAY ALSO LIKE

1 Comment

Leave a Reply

Your email address will not be published.