सपनाको सुट्केस | YP Junior | Nepali Poem

Yp Junior

उसलाई प्रेमले हैन महोदय
रित्तो पेटले रुवाएको थियो
उसलाई त्यो गरुंङ्गो भारीले हैन महोदय
जिम्मेवारीले गलाएको थियो
बा का जिम्मेवारी काधमा हाली
ऊ पस्छ पासपोर्ट बनाउन
मनले नजा भन्छ उसलाई
तर मन पनि जिम्मेवारीको अघाडी
घुडा टेक्दो रहेछ महोदय
किन कि ऊ छोरा थियो

ऊ छोरा मान्छे थियो
परदेशिनु थियो
धेरै सपना बोकेर त्यो
सुट्केस भरी
किन कि ऊ छोरा थियो

एयरपोर्ट बसेका
ती पुलिसले झोला खोतली खोतली हेर्थे।
बहिनीको सपना दिदीको सपना
आमा बुबाको सपना
छरपष्ट सपना समेट्दै ऊ
प्लेनमा जान्छ
किन कि ऊ छोरा थियो

आफ्ना सपना घरमै छोडेको थियो।
सपनाले सपनामा सपनासँगै सपना देखेको थियो
सपनाले सपनाको बिच्चमा व्युझाइ दिएको थियो
किनकी ऊ छोरा थियो

उसलाई त्यहा प्रेमले हैन महोदय।
रित्तो पेटले रुवाएको थियो
तपाईं सोच्दै हुनुन्छ घरको यादले सताएको थियो
हैन हैन महोदय उसलाई ती सपनाले जिस्काइ रहेको थियो।

-YP Junior

 

Read More From Yp Junior:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *