Nepali Poem | समाजले दिएको तक्मा | Yp junior

Yp Junior
ए पख…पख!
नआउ है मेरो छेवैमा।
म त हेर्दै फुस्रो छु।।
हात भरी खोपेको छु।
कपाल पाली सिल्लड झै
यता उति कुदि रहेको छु।।
न आउ है मेरो छेवैमा।।नबोलाउ मलाई तिमी।
समाजको बिकारलाई नकोट्याउ तिमी।
म बिग्रिएको छु, सडिएको छु, गन्हाएको छु।।
मेरा शरिरका कणबाट गन्ध निस्किएका छन्।
कपालमा जुम्राले घर बनाएका छ।।
न आउ है मेरो छेवैमा।।

हिजो बसमा उभिएको मान्छे हुँ।
समाजमा यता उति भौतारिएको मान्छे हुँ।।
कहिले रुँदै अनि कहिले कराउँदै डुलेको मान्छे हुँ।
नसोध मन कहाँ छ माया कहाँ छ।
कयौं चोटि मर्दै हुर्कदै गरेको।।
एक नामर्द व्यक्ति हुँ।।
न आउ है मेरो छेवैमा।।

समाजले दिएको तक्मा हो नामर्द।
लक्का जवानले दिएको तक्मा हो सिल्लड।।
समाजले दिएको तक्माहो फुस्रो।
अनि तिमीले दिएको तक्मा हो सिल्लड।।
मैले आफैले आफैलाई दिएको तक्माहो ज्ञानी।
आशै आशमा पाएको तक्मा हो ज्ञानी।।
YP को हो यो ज्ञानी।।
यो केवल YP को ज्ञानी हो!!

 

Read More From Yp Junior:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *