पिर | Nepali Poem by Madan Dulal

Madan Dulal

जब मन बेतोडले नै कुडिन्छ
रहरका ती तार ध्वार्रै चुडिन्छ
छैनन् अर्ती दिने प्रिय साधन
धनले अनमत्त भइ बने मादन
अनि खल्बली पिर बास लिन्छ ।

एक कदम बढे दुई कदम धकेल्छन्
मीठो छैन तीतो वचन उकेल्छन्
कहाँ जानु कसलाई भन्नु वेदना
आउ कोही दैवरुपी गर्छु आरधना
र यस्तै कोलहालले नै मन छिन्छ

फेरियो समय कस्ले मतलब गर्छ
लुकिछिपी आफ्नै लाध्रो नै भर्छ
यौन प्यास मेट्न आफन्तै हेर्छन्
सन्तुष्टि भइ हर्षको श्वास फेर्छन्
सबै चोर दुखीलाई न्याय कस्ले दिन्छ।

न पढाइ न काम बेकामले दौडिनु छ
न खानु न खुट्नु चोटमा पौडनु छ
विचरा जता होमिनी दुखीका रेखाहरु
छैनन् कुनै कार्यमा व्यस्त हुन् ज्यथाहरु
त्यसपश्चात् मन बौलाहा भइ पिर मै पिन्छ।

आफू अब्बल हुन कर्मरेखा कोर्नु पर्छ
छुटेका हाँसोका लहर भिन्नै कार्यले टर्छ
अरुको मतलब नगरी आफै एक्लै हिडौ
भासिएका सपनाको घर स्फूर्तीले चिनौ
अनि एक्लो मन खम्बा झै टक्रक्क उभिन्छ

 

Read More Nepali Poem at Offline Thinker:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *